December 5, 2024, Thursday
२०८१ मंसिर २०

भ्यु टावरबाट

भ्यु टावरबाट अलिकति आँसु देखिन्छ
अलिकति हाँसो देखिन्छ
चियाएर हेर्नोस्
मजदुरको पासो देखिन्छ

भ्यु टावरबाट सचित्र देखिन्छ
मानिसको चरित्र देखिन्छ
जति माथि चढ्नोस्
झन्झन् दरिद्र देखिन्छ

Advertisement

भ्यु टावरबाट चोट देखिन्छ
पखालाले थलिएको कालीकोट देखिन्छ
जीवनजल नपाएर छटपटिँदा
आफ्नै भोटमा खोट देखिन्छ

भ्यु टावरबाट सत्कार देखिन्छ
चेलीको चीत्कार देखिन्छ
पेट भोको छ
बजेटको बलात्कार देखिन्छ

baarakhari