June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

कोइलीको कुटिल

Advertisement


सत्ताको मोह
अफिमको लत भो
अन्ध सागर ।

Advertisement


झर्झर झर्ना
सुनसान जङ्गल
नग्न मोहिनी ।


दशैँको टिका
दैत्य माथि विजय
उमंङ्ग मन ।


मीठो सङ्गीत
कोइलीको कुटिल
मायाबी जाल ।


रविको लाली
शंखघण्ट गुञ्जन
दिनको सुरु ।


खाल्डो खनियो
अरुलाई खसाल्न
आफैँ झरियो ।


+ – x % को
हिसाब नमिलेरै
सकिन्छ जीवन ।


देश लुटेको
टुलुटुल हेरेर
इमान रोयो ।


भौतारिएर
सुगन्धको खोजिमा
कस्तुरी मृग ।

१०
पीडित सामु
कानुनका नौ सिङ
न्याय फरार ।