October 8, 2025, Wednesday
२०८२ आश्विन २२ बुधबार

चीनबाट बंगलादेशले २० वटा जे–१०सीई लडाकु जेट किन्दै

बंगलादेशले चीनबाट २० वटा जे–१० सीई फाइटर जेट खरिद गर्ने भएको छ । २.२ अर्ब अमेरिकी डलरमा २० वटा जे–१०सीई लडाकु जेट किन्ने सम्झौता भएको छ ।

Advertisement

यसमा तालिम, मर्मत–सम्भार तथा अन्य आवश्यक खर्चहरू पनि समावेश गरिएको छ । समाचार अनुसार, यी जेटहरू सन् २०२६ र २०२७ बीचमा बंगलादेश वायु सेनालाई हस्तान्तरण गरिनेछन् । यद्यपि, सरकारले अहिलेसम्म यस सम्झौताको औपचारिक घोषणा गरेको छैन ।

चिनियाँ जे–१०सीई, जे–१०सीको निर्यात संस्करण हो । पाकिस्तानले गत मे मा भारतसँगको चार दिने सैन्य संघर्षका क्रममा जे–१०सी प्रयोग गरेको थियो ।

प्रत्येक विमानको मूल्य करिब ६ करोड अमेरिकी डलर पर्छ । यसबाहेक, तालिम, उपकरण र ढुवानीका लागि थप ८२ करोड डलर खर्च हुने अनुमान छ । बिमा, कर, एजेन्सी कमिसन र अन्य खर्चहरू जोड्दा कुल लागत करिब २.२ अर्ब डलर पुग्नेछ ।

सुरक्षा विशेषज्ञ मेजर जनरल ए.एन.एम. मुनिरुज्जमानले नयाँ लडाकु विमान खरिद गर्दा यसको भू–राजनीतिक प्रभावलाई पनि ध्यानमा राखिनु आवश्यक रहेको बताएका छन् ।

हाल बंगलादेश वायु सेनासँग २१२ विमान छन्, जसमा ४४ लडाकु विमान समावेश छन् । तीमध्ये मुख्य लडाकु विमान अझै पनि पुराना एफ–७ छन् । यसबाहेक आठ एमआईजी–२९बीले केही आधुनिक क्षमता प्रदान गरिरहेका छन् । द इकोनोमिक टाइम