कफी ग्राहकको गोप्य अंग पोलेपछि ७ अर्ब क्षतिपूर्ति !

कहिलेकाहीँ सानो लापरबाही पनि ठूलो दुर्घटनाको कारक बन्न सक्दछ । अहिले एउटा यस्तै दुर्घटनाको मामिलाका कारण अन्तर्राष्ट्रिय कफी चेन स्टारबक्स चर्चामा छ ।
कारण हो, एउटा सानो गल्ती । जसका कारण कम्पनीले करिब पाँच करोड डलर अर्थात करिब सात अर्ब रुपैयाँ (५ करोड अमेरिकी डलर) जरिवाना तिर्नुपरेको छ ।
स्टारबक्सको लापरबाहीका कारण दुर्घटनामा परेपछि गार्सिया अदालत पुगे । लामो समयसम्म चलेको मुद्दामा अन्ततः क्यालिफोर्नियाको एक अदालतले पीडितको पक्षमा फैसला सुनाए र कम्पनीमाथि पाँच करोड डलर जरिवाना लगाएको छ ।
ट्रायल लयर्स फर जस्टिसका अनुसार अस्पतालमा भर्ना भएर उपचार तथा धेरैपटक छालाको प्रत्यारोपण (स्क्रिन ग्राफ्टिङ) गराएका गार्सियाले पाँच वर्ष पीडामै बिताए । जलनका कारण शारीरिक कष्टका अतिरिक्त उनले मानसिक आघात पनि सहनु पर्यो ।
स्टारबक्सले सुरुमा करिब चार अर्ब रुपैयाँ बराबरको रकम क्षतिपूर्ति दिने प्रस्ताव गरेको थियो । तर, गार्सियाले चाहिं कम्पनीले आफ्ना नीतिमा परिवर्तन गरोस् र सार्वजनिक रुपमै माफी पनि मागोस् भन्ने चाहन्थे । जब स्टारबक्सले उनको त्यो माग अस्वीकार गर्यो तब उनी स्टारबक्सविरुद्ध अदालत पुगेका थिए । अदालतले उनको पक्षमा फैसला गर्यो र उनलाई पाँच करोड डलर क्षतिपूर्ति दिन स्टारबक्सलाई आदेश दियो । –agency
प्रतिकृया दिनुहोस्