एकैपटक इन्स्टाग्रामका धेरै पोस्ट कसरी डिलिट गर्ने ?

आजको डिजिटल युगमा आफ्नो सोसल मिडिया उपस्थितिलाई व्यवस्थित गर्ने कुरा निकै महत्वपूर्ण हुन्छ । इन्स्टाग्रामजस्ता प्लाटफर्ममा त यो झन आवश्यक हुन्छ।
फिचर तथा अपडेटहरूको निरन्तरको विकाससँगै सोसल मिडिया प्लाटफर्ममा आफ्ना सामग्रीहरूको व्यवस्थापन कहिलेकाही निकै मुस्किल लाग्दछ । तर, लोकप्रिय सोसल मिडिया साइट इन्स्टाग्रामले भने एकैपटकमा धेरैवटा पोस्टहरू डिलिट गर्ने वा आर्काइभ गर्न सकिने सुविधा दिएर उक्त जटिलतालाई सजिलो बनाइदिएको छ ।
सोसल मिडियाका सामग्री व्यवस्थापन प्रक्रियालाई सहज बनाउन चाहनेका लागि इन्स्टाग्राम पोस्टलाई थोकमा डिलिट वा आर्काइभ गर्ने फिचर निकै उपयोगी हुन्छ ।
कन्टेन्ट क्रियटर्स होस् वा आम साधारण प्रयोगकर्ता नै किन नहोस् यो फिचरले आफ्नो प्रोफाइललाई व्यवस्थित बनाउन, असान्दर्भिक सामग्रीलाई हटाउन तथा फिडलाई प्रभावकारी रुपमा मिलाउनका लागि यो फिचरले सहयोग गर्दछ ।
धेरैवटा इन्स्टाग्राम पोस्टलाई एकैपटक डिलिट वा आर्काइभ यसरी गर्नुहोस् :
- आफ्नो मोबाइलमा इन्स्टाग्राम एप खोल्नुहोस्
- स्क्रिनको पिँधमा दायाँ छेउमा रहेको आइकनमा ट्याप गरी प्रोफाइलमा जानुहोस्
- मेन्यूमा जानका लागि माथि दायाँ रहेको तीन लाइनवाला आइकनमा ट्याप गर्नुहोस्
- मेन्यू अप्सनबाट Your activity छान्नुहोस्
- त्यहाँ रहेको दोस्रो अप्सन Photo and video छान्नुहोस्
- आफ्ना सबै पोस्ट हेर्नका लागि post अप्सनमा ट्याप गर्नुहोस्
- कुनै निश्चित खालका पोस्टहरु मात्र छान्नका लागि Sort and Filter को प्रयोग गर्नुहोस्
- त्यसपछि माथि दायाँ छेउमा रहेको Select मा ट्याप गर्नुहोस्
- आफूले डिलिट गर्न चाहेको वा आर्काइभ गर्न चाहेको पोस्टहरू छान्नुहोस्
- त्यसरी छानिसकेपछि archive वा Delete मा ट्याप गर्नुहोस् ।
प्रतिकृया दिनुहोस्