May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

डेटिङमा लगेकी गर्लफ्रेण्ड जब १७ हजारको अचार खाएर भागिन्

अहिलेको जमाना अनलाइन डेटिङको हो जसमा मानिसहरु तस्वीरमै एक अर्कालाई मन पराएर चिनापरिचय गर्छन् र सीधै खास कुरामा प्रवेश गर्छन् । यद्यपि यो अनलाइन डेटिङ कहिलेकाही निकै खतरनाक सावित हुनसक्छ । किनकि मानिसहरु एक अर्कालाई राम्रोसँग बुझेकै हुँदैनन् र पहिलो पटक भेटघाट हुँदा नै हैरान बन्दछन् ।

Advertisement

जाकिर नामका एकजना युवकले पनि यस्तै परिस्थितिको सामना गर्नुपरेको छ । टिकटकमा उनले सुनाएको आफ्नो कहानीले धेरै मानिसलाई तिनछक बनाएको छ । worst date in a very long time शीर्षकमा टिकटकमा राखेको उनको भिडियोमा जाकिरले डेटिङ एप बम्बलमा सिड्नी नामकी एक महिलासँग चिनजान भएको र फोनमा धेरै कुराकानीपछि भेट्ने निर्णय गरेको उल्लेख गरेका छन् । तर पहिलो भेटमै आफू हैरान भएको भन्दै उनले डेटिङ साइटमा राखेको महिलाको तस्वीरसँग उनको वास्तविक अनुहार १० प्रतिशत पनि नमिलेको अर्थात् इन्टरनेटमा उनले अत्यधिक फिल्टरयुक्त तस्वीर राखेको उनको भनाइ छ ।

Advertisement

कुराकानीका क्रममा ती महिलाले आफ्ना बच्चा नरहेको दाबी गरेकी भए पनि उनको इन्स्टाग्रामबाट भने उनी बच्चाकी आमा रहेको पुष्टि भएको पनि जाकिरले बताएका छन् ।

उनले भनेका छन्, ‘यहाँसम्म त ठिकै थियो तर मेरो टाउको त तब फनफनी घुम्यो जब हामीले डेटिंगका क्रममा रेष्टुरेन्टमा खाना खान गयौं । त्यहाँ खानासँगै उनले ५३ वटा फ्राइड अचार समेत खाइन् । वेटरले ६/६ वटा फ्राइड पिकल ल्याउँदै गयो र उनले खाँदै गइन् ।

वेटरले थोरैथोरै अचार ल्याइरहँदा उनले हकार्दै एकैपल्टमा प्लेटमा धेरै अचार ल्याउन भनेकी थिइन् । मलाई त्यो घटनाले निकै शर्मनाक महसुस भयो । तर अनौठो त के भने उनी त्यति खाएसँगै त्यहाँबाट भगिन् ।

घटनाका बारेमा जागिर भन्छन्, ‘त्यसपछि त हद नै भयो । म एकछिनका लागि वासरुम गएँ र जब फिर्ता आएँ तबसम्म उनी त सबै बिल मेरो लागि छाडेर भागिसकेकी थिइन् । र, मैले उनले खाएको त्यतिधेरै अचारको कुल १४० डलर तिर्नुपर्‍यो ।’ एजेन्सी