May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

अनौठो रोगः महिलासँग डरलाग्ने, ५५ वर्षदेखि तारबार लगाएर घरभित्रै

संसारमा कतिपय मानिसहरुमा अनेक खालका वस्तु तथा विषयहरुसँग डर लाग्ने अनौठो समस्या हुन्छ । कसैलाई पानीसँग डर लाग्छ भने कोही नयाँ मान्छेसँग भेटघाट गर्न डराउँछन् । अफ्रिकी महादेशको रुवान्डा देशका एकजना पुरुषलाई भने महिलासँग डर लाग्ने अनौठो समस्या छ।

Advertisement

७१ वर्षका क्यालिट्जे जामावितालार्य महिलासँग यतिधेरै डर लाग्छ कि उनी पछिल्लो ५५ वर्षदेखि महिलासँग लुकेर बसिरहेका छन् ।

Advertisement

कोही पनि महिलालाई नदेखियोस् र नभेटियोस् भन्नका लागि उनी १६ वर्षको उमेरदेखि आफ्नै घेरभित्र बन्दी बनिरहेका छन् । आफ्नो अगाडि कुनै पनि महिलालाई आउन नदिनका लागि उनले घरको चारैतर्फ १५ फुटको दूरीमा तारबार लगाएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुसँग उनकी एक छिमेकी महिलाले बताए अनुसार क्यालिट्जे बच्चा हुँदाको बेलादेखि नै आफ्नो घरबाट विरलै निस्कने गर्दथे । तर अनौठो त के भने महिलासँग डराउने रोग रहेका ती वृद्ध महिलाकै कारण आजसम्म जीवित छन् ।

ती महिला भन्छिन्, ‘अनौठो कुरा छ । भलै उनी महिलाहरुसँग डराउँछन् तर हामीले नै उनलाई खानेकुरा दिन्छौं । उनी हाम्रो नजिक आउन मन पराउँदैनन् त्यसैले हामीले उनको घरमा लगेर खानेकुरा फ्याँकिदिन्छौं र हामी बाहिर निस्केपछि उनी आएर त्यो खानेकुरा उठाएर लग्दछन् । उनी हामीलाई आफ्नो नजिक आउन दिँदैनन् । तरपनि हामीले जे दिएता पनि उनले टाढैबाट लिन्छन् र खान्छन् ।’

आफ्नो घर बाहिरको तारबार नजिकै कुनै महिलालाई देख्दा समेत उनी दौडिएर घरभित्र जान्छन् र ढोका बन्द गरेर लुक्छन् ।

क्यालिट्जेलाई भएको यो मनोवैज्ञानिक रोगलाई वैज्ञानिक भाषामा गाइनोफोबिया भनिन्छ । यसमा मानिसलाई महिलादेखि डर लाग्छ ।

गाइनोफोबियाका लक्षणहरुमा महिलाहरुसँग अत्यधिक डर लाग्नुका साथै महिलाका बारेमा सोंच्दा मात्रैपनि त्रास उत्पन्न हुने समस्या देखिन्छ ।

चिन्ता तथा डरका कारण यो फोबियाले दैनिक जिवनमा पनि निकै समस्या उत्पन्न गर्दछ । यो फोबियाबाट पीडित मानिसहरुमा प्यानिक अट्याक, छाति दुख्ने, अत्यधिक पसिना आउने, मुटुको धड्कन बढ्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता समस्या आउने गर्दछन् ।

त्यस्तै अन्य लक्षणहरुमा पेट दुख्ने, पखाला लाग्ने तथा महिलाहरुको नजिक हुँदा वा महिलाहरुको बारेमा सोंच्दा बेहोसी महसुस हुने लगायतका रहेका छन् । -agency