March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अन्तरीक्षमै अब बिहेबारी !

मानिसहरु आफ्नो बिहेलाई स्मरणीय बनाउनका लागि पूराना किल्ला, अग्ला पहाडी चुलीदेखि नदी किनारसम्म गएर बिहे गर्दछन् । तर अब भविष्यमा बिहेबारी झनै खास बन्नेवाला छ । किनकी एउटा कम्पनीले अन्तरीक्षमा बिहेबारीको चाँजोपाँजो मिलाउँदैछ ।

Advertisement

Space Perspective  नामक उक्त कम्पनीले मानिसलाई पृथ्वीभन्दा बाहिरको संसारमा बिहेको बन्धनमा बाँधिने मौका प्रदान गर्दैछ ।

Advertisement

सो कम्पनीले कार्बन न्युट्रल बेलुनमा बेहुला बेहुलीलाई चढाएर अन्तरीक्षमा पूराउने र अन्तरीक्षमै उनीहरुको बिहेको काम फत्ते गराउने योजना बनाइरहेको छ ।

कम्पनीका सस्थापक जेन पोएन्टरका अनुसार सेलिब्रेटी बनेर यसरी बिहे गर्ने इच्छा राखेका मानिसहरुको प्रतिक्षासूचि निकै लामो छ।

उनका अनुसार अन्तरीक्षमा जाने उक्त बेलुनमा नेप्च्युन क्याप्सुल हुन्छ जसमा बसेर नवविवाहित जोडीले अन्तरीक्षबाट पृथ्वीको सुन्दरताको आनन्द लिन सक्नेछन् । उनका अनुसार नेप्च्यूनको अन्तरीक्ष बेलुनमा सुरक्षित रहनु अन्य अन्तरीक्षयात्राभन्दा फरक हुनेछ।

उनी भन्छन् : अन्य सबै अन्तरीक्षयानमा उडानको बीचमा चालकदलको हिस्सा विमानबाट अलग हुन्छ र दोश्रो उडान प्रणालीमा स्थानान्तरण हुन्छ । तर स्पेससीप नेप्च्यूनको क्याप्सुल भने उडानदेखि अवतरण सम्म पूरै यात्राभरी नै स्पेस बेलुनभित्र सुरक्षित रुपमा रहन्छ। जसका कारण यस्तो अन्तरीक्ष उडान निकै सरस हुन्छ।

कम्पनीको वेबसाइटमा जनाइए अनुसार उक्त बेलुनमा प्रयोग भएको प्रविधि पहिलेदेखि नै प्रमाणित भैसकेको छ । यसको उपयोग नासाको टोली तथा अन्य अमेरिकी सरकारी एजेन्सीहरुले गर्दै आएका छन्।

स्पेस पर्सपेक्टिभ कम्पनीको स्थापना बायोस्फियरका २ का दुईजना पूर्व चालकदल सदस्यहरुले गरेका हुन् । सो कम्पनीको एरिजोनामा एउटा अर्थ सिस्टम साइन्स रिसर्च केन्द्र छ। कम्पनीका डेभलपमेन्ट इन्जिनियर भिन्सेन्ट बाखेटका अनुसार नेप्च्यूनका झ्यालहरु अन्तरीक्षमा यात्रा गर्ने सबैभन्दा ठूला झ्याल हुनेछन्।

अन्तरीक्षमा गएर बिहे गर्न चाहने जोडीहरुले सन् २०२४ को अन्त्यसम्ममा कम्पनीको वेबसाइटमा गएर नाम दर्ता गराउन सक्नेछन् । यद्यपि यो बिहेको खर्च हामी धेरैको बसमा हुनेछैन। किनकी अन्तरीक्षमा बिहेबारी गर्न जानका लागि नेप्च्यून क्याप्सुलमा एक सिटको मूल्य १ लाख २५ हजार डलर अर्थात् करीब १ करोड ७० लाख रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । एजेन्सीको सहयोगमा