April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

जागिर : तलब १ करोड, काम चकलेट खाने !

अहिलेको प्रतिस्पर्धाको युगमा आफ्नो क्षमता अनुसारको तथा पर्याप्त तलबभत्ता भएको जागिर पाउन निकै मुस्किल छ । तर सबैतिर कहाँ त्यस्तो छ र ? एउटा कम्पनीले चाहिँ गज्जबको जागिर खुलाएको छ ।

Advertisement

उक्त जागिरमा तपाईले केवल चकलेट चाखिदिने काम गर्नुपर्नेछ र त्यसबापत करीब १ करोड रुपैयाँ तलब पाउनुहुनेछ ।

Advertisement

एउटा चकलेट कम्पनीले सोसल मिडियामा प्रकाशित गरेको एउटा विज्ञापनले अहिले राम्रै चर्चा पाइरहेको छ । उक्त कम्पनीले यस्ता कर्मचारीको खोजी गरेको छ जसले कम्पनीबाट उत्पादित चकलेटहरु चाखिदिउन् । त्यबापत उनले वार्षिक १ लाख क्यानेडियन डलर अर्थात् करीब साढे ९८ लाख रुपैयाँ बराबरको तलब पाउनेछन्।

क्यानडास्थित क्यान्डी फनहाउस नामक उक्त कम्पनीले एकजना चिफ क्यान्डी अफिसरको पदका लागि विज्ञापन खुलाएको हो । वास्तवमा गुलियो मन पराउनेका लागि यो भन्दा राम्रो जागिर के हुनसक्ला ? उक्त अधिकृतको काम केवल क्यान्डी चाखेर त्यसको स्वाद तथा गुणस्तरका बारेमा टिप्पणी गर्नु हुनेछ ।

अनलाइन रिटेलर कम्पनी क्यान्डी फनहाउसले चकलेट बार देखि क्यान्डी लगायतका चिजहरु बेच्दछ । आफुले बिक्रि गर्ने चकलेट तथा क्यान्डीहरु चाखेर त्यसको स्वाद तथा गुणस्तरका बारेमा यथार्थ समीक्षा दिने कर्मचारीको खोजी कम्पनीले गरेको छ ।

रोचक त के भने प्रमुख क्यान्डी अधिकृत पदमा आवेदन गर्न बालिग हुनुपदैन । यसका लागि ५ वर्ष उमेर पुगेका जो कोही बच्चाले पनि आवेदन गर्न सक्दछन् ।

क्यान्डी फनहाउसका सिइओ जमिल हेजाजीका अनुसार क्यान्डी अफिसरले एक दिनमा केवल १ सय १७ वटा क्यान्डी तथा चकलेट चाख्नुपर्नेछ ।

कम्पनीले राखेको उक्त विज्ञापनप्रति मानिसहरुले तिव्र रुची प्रकट गरिरहेको हेजाजी बताउँछन् । एजेन्सीको सहयोगमा