May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

जब बिहेअघि बेहुलीले बेहुलासँग मागिन् फेसबुकको पासवर्ड…

सोसल मिडियाको अहिलेको जमानामा मानिसले सबैभन्दा गोप्य राख्ने चिज भनेको आफ्नो फेसबुक, ट्वीटर तथा इन्स्टाग्रामलगायतका प्लाटर्फमहरूको पासवर्ड हो भन्दा फरक नपर्ला । तर जब आफ्नो हुनेवाला पत्नीले त्यही फेसबुकको पासवर्ड मागिदिइन् भने कस्तो होला ?

Advertisement

आजकल सोसल मिडियामा यस्तै एउटा भिडियो निकै भाइरल बनिरहेको छ । उक्त भिडियो इन्गेजमेन्टका बेलाको हो । त्यसमा हुनेवाला बेहुलीले आफ्नो हुनेवाला बेहुलासँग उसको फेसबुक र इन्स्टाग्रामको पासवर्ड मागेको देखिन्छ ।

Advertisement

हुनेवाला पत्नीले आफ्नो सोसल मिडियाको पासवर्ड माग्दा ती युवकले जे जवाफ दिए त्यसले सबैलाई तिनछक पारिदियो ।

हुनेवाला बेहुलीले बेहुलासँग फेसबुक र इन्स्टाग्रामको पासवर्ड मागेपछि बेहुलाले पनि एउटा बाचा गर्न भने । त्यस्तो बाचा हुनेवाला बेहुलीले पनि पूरा गरेर हुनेवाला बेहुलाको मन जितिन् ।

भिडियोमा निक्कै सजिएको स्टेजमा एक महिलाले इन्गेजमेन्ट कार्यक्रम सञ्चालन गरिरहेको देखिन्छ । त्यसक्रममा सञ्चालिकाले हुनेवाला पति र पत्नीलाई अनौठा खालका बाचा गर्न अह्राउँछिन् ।

सबैभन्दा पहिले महिलाले बेहुलीको तर्फबाट कुरा गर्दै आजैदेखि आफ्नो फेसबुक र इन्स्टाग्रामको पासवर्ड बेहुलीलाई दिने कुराको बाचा गर्न बेहुलालाई अह्राउँछिन् । त्यसको जवाफमा बेहुलाले पासवर्ड मात्र नभई मोबाइल नै पत्नीलाई दिने बताउँछन् ।

त्यसपछि पत्नीको पालो आउँछ । उनले पनि आफ्नो हुनेवाला पतिलाई कहिल्यै पनि शंका नगर्ने बाचा गर्दछिन् । हुनेवाला पति पत्नीको यस्तो बाचा सुनेसँगै उपस्थित पाहुनाहरूले ताली बजाउँछन् ।

Will You Do These शीर्षकको यो भिडियो इन्स्टाग्राममा निकै चर्चित बनेको छ ।

जी न्यूजबाट