April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

संसारकै सुनसान घर, ४ करोडमा बिक्री हुँदै !

संसारमा एउटा यस्तो घर छ, जसलाई सबैभन्दा सुनसान घर भनेर चिनिन्छ । अमेरिकाको वोहोआ बे स्थिति Duck Ledges टापुमा एक्लै रहेको उक्त घर डेढ एकड क्षेत्रफलमा फैलिएको छ ।

Advertisement

बोल्डकोस्ट प्रोपर्टिजका एजेन्स बिल्ली मिलिकेनको स्वामित्वमा रहेको उक्त एक बेडरुमवाला घर बिक्रीमा राखिएको छ ।
सन् २००९ मा बनेको उक्त घर सानो भए पनि वास्तवमै आलिशान छ ।

Advertisement

घरभित्र सबैजसो सुविधा, बन्दोवस्ती र आवश्यकताका चिजहरू उपलब्ध छन् । घरका भित्ताहरू काठबाट बनेका छन् । झ्यालढोकामा काठका खापाहरूले घरलाई झनै सुन्दर बनाएको छ ।

अनौठो त के भने समुद्रको बीच भागमा रहेको यो घरमा आँधीबेहेरीको कुनै डर छैन । तर एउटा समस्याचाहिं के भने यो घरभित्र बाथरुम छैन अनि रातको समयमा गिद्ध तथा समुद्री जीवहरूको आवाज आउँदछ ।

यो घरलाई एकान्त मन पराउने तथा अन्तरमुखी मानिसहरूका लागि वास्तवमै स्वर्ग मानिएको छ । बिक्रेताले यसको मूल्य करीब ४ करोड रुपैयाँ राखेका छन् ।

एजेन्सी