May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

एउटा अनौठो गाउँ, जहाँ १२ वर्ष पुगेपछि छोरीहरू छोरा बन्दछन्

मान्छे जन्मिदा महिला हुने कि पुरुष वा फरक लैंगिकता भएको हुने भन्ने कुरा प्रकृतिकै देन हो । मानिसको जन्मभन्दा पहिले नै उसको लिंग तय हुन्छ । बाल्यावस्थादेखि किशोरावस्थासम्म उसमा विभिन्न खालका शारीरिक परिवर्तन हुन्छन् । जब जब उमेर बढ्दै जान्छ शरीरमा विभिन्न खालका परिवर्तन हुँदै जान्छन् । पुरुषको अनुहारमा दाह्रीजुँगा पलाउन थाल्दछन् भने महिलाको शरीरमा पनि विभिन्न खालका शारीरिक परिवर्तनहरू देखिन्छन् ।

Advertisement

तर विश्वमा एउटा यस्तो गाउँ पनि छ जहाँ केटी भएर जन्मिएकाहरू उमेर बढेसँगै केटामा परिणत हुन्छन् । यो पढिरहँदा पत्यार नलाग्न सक्दछ, तर साँचो हो । यो अनौठो गाउँमा जबजब छोरीहरूको उमेर बढ्दै जान्छ उनीहरूको शरीरमा बदलाव आउँदै जान्छ र पुरुषजस्तै देखिन थाल्दछन् ।

Advertisement

डोमिनिकन रिपब्लिकमा यस्तो अनौठो गाउँ छ । ला सेलिनास नामक उक्त गाउँलाई मानिसहरू श्रापित गाउँ पनि भन्दछन् । गाउँमा छोरीहरूको उमेर बढ्दैजाँदा केटाजस्तै बन्नुको कारण हालसम्म वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् ।

गाउँका छोरीहरू जब १२ वर्षका हुन्छन् उनीहरू केटाजस्तै बन्दछन् । गाउँमा जन्मिने हरेक ९० जनामा एकजना बालिकाको यसरी लिंग परिवर्तन हुने गरेको छ । उक्त गाउँको जनसंख्या जम्मा ६ हजार छ । छोरीहरू १२ वर्षमा केटाजस्तै बन्ने अनौठो समस्याका कारण गाउँलेहरू त्रसित हुन्छन् । जसका कारण घरमा छोरीको जन्म हुँदा सन्नाटा छाउँछ ।

गाउँलेहरुका अनुसार अदृश्य शक्तिका कारण यस्तो हुने गरेको छ । यसरी १२ वर्ष उमेर पुगेपछि केटा बन्ने छोरीहरूलाई स्थानीय भाषामा ग्वेदोचे भनिन्छ ।

वैज्ञानिकहरूका अनुसार यो अनौठो रोग आनुवंशिक विकार हो । यस्तो समस्यालाई वैज्ञानिक भाषामा सूडोहर्माफ्रेडाइट भनिन्छ । यो रोगका कारण केटीहरुको आवाज धोद्रो बन्दै जान्छ भने सरीरमा पनि पुरुषजन्य परिवर्तन आएर विस्तारै पुरुषजस्तै बन्दछन् ।

एजेन्सी