May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

अनौठो हर्कत : श्रीमान्‌लाई छाडेर कुकुरसँग बिहेको फोटो शुट !

बिहेको दिनको युगल तस्वीर सबैका लागि निकै विशेष हुन्छ । बेहुला बेहुलीले एक अर्काको हात समाएर, अँगालो हालेर, बोकेर आदि अनेक बान्कीमा वेडिङ फोटोशूट गराउँदछन् । तर एकजना अमेरिकी बेहुलीले भने आफ्नो पाल्तू कुकुरसँग बिहेको फोटो शूट गराएपछि चर्चा कमाएकी छिन् ।

Advertisement

घरको कुकुरसँग वेडिङ फोटोशूट गराउने ती युवतीको नाम हाना किम हो । हालै किमले आफ्नो पूरानो साथी जेरार्ड ब्रिकम्यानसँग बिहे गरेकी छिन् । तर आफ्नो प्रेमीसँगको बिहे समारोहमा उनले सबैभन्दा पहिलो तस्वीर आफ्नो कुकुरसँग खिचाएर सार्वजनिक गरेकी हुन् ।

Advertisement

ओरेगनस्थित क्याम्प कोल्टनमा रहेको जंगलमा हाना र जेरार्डको बिहे सम्पन्न भयो । बिहेका क्रममा चम्किलो सेतो गाउनमा सजिएकी हानाले आफ्नो प्राणप्रीय कुकुर गुम्बोसँग पहिलो तस्वीर खिचाउने प्रस्ताव जेरार्डसँग राखिन्, जसलाई जेरार्डले सहर्ष स्वीकार गरे ।

फोटोशूटका क्रममा कुकुरलाई पनि सिँगारिएको थियो। तस्वीरमा हाना हातमा फूलको बुके लिएर उभिएकी छिन् भने उनको अगाडि घाँटीमा घाँटीमा फूलको फुर्को लगाएर टुसुक्क बसेको छ। विभिन्न तस्वीरमा कुकुरले हानालाई चुम्बन गरेको पनि देखिन्छ ।

वेडिङ फोटोशूटका तस्वीरहरु शेयर गर्दै हानाले भनेकी छिन्, ‘मेरो विशेष केटासँग एक क्षण ।’

उक्त तस्वीर खिच्ने फोटोग्राफर स्टेफेनी नाखट्राबले इन्स्टाग्राममा लेखेकी छिन्, ‘१० तस्वीर । एकजना केटी, उनको कुकुर र पतिबीचको विशाल तथा गहन प्रेमकथाका विशेष मैले भन्ने कुरा यत्ति हो।’

स्मरण रहोस् हानाका घरमा अरु दुईवटा कुकुरहरु पनि छन् । हाना र जेरार्डको भेट सन् २०१४ मा तिनै कुकुरहरुकै कारण भएको थियो । त्यसबेला नै उनीहरुले ती विशेष कुकुरहरुलाई आफ्नो बिहेमा सहभागी गराउने बाचा गरेका थिए ।