March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

‘गर्भ रहेपछि नै हामीलाई थाहा थियो कि एक भन्दा धेरै बच्चा गर्भमा छन् । पत्नीले स्वास्थ्य अवस्था बिग्रिएसँगै हामीले उपचार गराइरहेको निजी क्लिनिकले हामीलाई अस्पताल जाने सल्लाह थियो ।’

Advertisement

पाकिस्तानको खैबर पख्नुन्ख्वास्थित एबटावाद सहरमा एकसाथ सातवटा बच्चाको पिता बनेका यार मोहम्मदको भनाई हो यो । उनी खुसीले गदगद छन् ।

Advertisement

निजी क्लिनिकको सल्लाहपछि आफुहरुले बडो कठीनपूर्वक एबटावादको जिन्ना अन्तराष्ट्रिय अस्प्तालमा पुगेको र त्यहाँ अल्लाहले आफुहरुलाई एकसाथ ४ छोरा र ३ छोरी गरी दिएको उनी बताउँछन् ।

बटग्रामका बासिन्दा हुन् मोहम्मद दम्पत्ति । हाल आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालको भनाइ छ ।

सात बच्चों का जन्म

यार मोहम्मद दम्पत्तिका यसअघि नै दुईवटा छोरी छन् । अहिले ७ वटा जन्मिएसँगै उनका नौ सन्तान भएका छन् । यतिधेरै सन्तान हुँदा पालनपोषण कसरी गर्ने ? तर मोहम्मदलाई चिन्ता छैन । आफुहरु संयुक्त परिवारमा बस्ने भएकोले बच्चाबच्चीहरु सबैको सहयोगमा हुर्किनेमा उनी ढुक्क छन् ।

एबटावादको जिन्ना अस्पतालकी एक डाक्टरका अनुसार गत शनिवार अस्पतालमा ल्याइएकी मोहम्मदकी पत्नीको अल्ट्रासाउण्ड गरिएसँगै पेटमा कम्तिमा ५ वटा बच्चा भएको अनुमान गरियो । तर महिलाको स्वास्थ्य अवस्था निकै नाजुक थियो ।

रक्तचाप खतरनाक ढंगले बढेको थियो भने पेट पनि निकै फूलेको थियो । उनले यसअघिका दुईवटा छोरीहरु शल्यक्रिया गरेर जन्माएकी हुनाले पहिले टाँका लगाएको ठाउँमा निकै दुखिरहेको थियो । त्यसैले टाँका तथा गर्भाशय फुटेर आमा र बच्चाको ज्यानै जाने जोखिम समेत थियो ।

त्यसैले अस्पतालका डाक्टरहरुले तत्कालै छलफल गरेर उनको शल्यक्रियाको तयारी गरे । शल्यक्रिया एक घण्टासम्म चल्यो । शल्यक्रिया समेत निकै जटिल र खतरनाक बन्यो । किनकी उनको पेट, गर्भाशय र पिसाब थैली एक आपसमा टाँसिएका थिए । निकै सावधानी पूर्वक गर्भाशयबाट उनीहरुले एक एक गरी सातवटा बच्चा बाहिर निकाल्न सफल भए डाक्टरहरु ।

डाक्टरहरुका अनुसार गर्भाधारण गर्नका लागि औषधिको सेवन गर्नाले यसरी ठूलो संख्यामा एकसाथ गर्भ रहने गर्दछ । औषधिका कारण एकसाथ एकभन्दा धेरै डिम्बहरु पाक्ने हुनाले जुम्ल्याहा वा त्यो भन्दा धेरै संख्यामा बच्चाको भ्रूण बन्ने गर्दछ । ती महिलाले पनि गर्भाधारण गर्ने औषधि सेवन गरेकै कारणले गर्भमा सातवटा बच्चा रहेको हुनसक्ने ठहर डाकटरहरुले गरेका छन् ।

बीबीसीको सहयोगमा