December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

१ बोतल पानीको मूल्य ७२ लाख !

पानी जीवन हो, त्यसैले यो अमूल्य छ । यद्यपि आम रुपमा हामीकहाँ पानी खरीद गर्नुपर्दा खासै महंगो भने पर्दैन । बोतलबन्द पानी सहज र शुलभ रुपमै पाइन्छ । तर संसारमा एउटा यस्तो विशेष पानी पनि छ जसको एक सानो बोतलकै मूल्य ७२ लाख रुपैयाँ पर्दछ ।

Advertisement

Acqua di Cristallo Tributo a Modigaliani ब्राण्डको पानीलाई संसारको सबैभन्दा महंगो पानी मानिन्छ । फिजी र फ्रान्समा प्राकृतिम मूलबाट निस्किएको यो पानी शुद्ध र निर्मल त छ नै तर यसको प्याकिङ तथा बोतलका कारण यो बहुमूल्य बनेको हो । साथै यो पानी विशेष स्वादयुक्त तथा प्रचूर लवणयुक्त भएको बताइन्छ ।

७ सय ५० मिलिलिटर पानीको एक बोतलको मूल्य ७२ लाख रुपैयाँ बराबरको रकम पर्दछ । अक्वा दी क्रिस्टेलो ट्रिबूटो अ मोडिगलियानी नामक उक्त पानीको बोतल २४ क्यारेट सुनबाट बनाइएको हुन्छ ।

संसारको सबैभन्दा महंगो पानीको उक्त बोतलको डिजाइन विश्व प्रसिद्ध बोतल डिजाइनर फर्नान्डो अल्तामिरानोले गरेका हुन् । स्मरण रहोस् संसारको सबैभन्दा महंगो बोतल कान्येक डुडोगन हेरिटेज हेनरी चतुर्थको डिजाइनर पनि उनै फर्नान्डो हुन् ।

एजेन्सीको सहयोगमा