January 25, 2025, Saturday
२०८१ माघ १३

जब मतदाताहरुले बिरालोलाई जिताए…

यो संसारमा वस्तु, स्थान, मानिस तथा जीवजन्तुहरुसँग सम्बन्धित विभिन्न खालका विचित्र घटनाहरुको बारेमा सुन्नुपर्दा यस्तो लाग्दछ कि यहाँ जे पनि सम्भव छ ।

संसारमा एक से एक नेताहरु छन् । स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय नेताहरुको जगजगी भएको यो समयमा जनताले नेतालाई अस्विकार गर्दै बिरालोलाई आफ्नो प्रतिनिधि वा शासकको रुपमा छनोट गर्दा रहेछन् कहिलेकाहीं ।

Advertisement

यस्तै भएको थियो अमेरिकाको अलास्का प्रान्तस्थित एक सहरमा । अलास्काको टकटिना सहरमा जनताहरुले एउटा बिरालोलाई मेयरमा निर्वाचित गरेका थिए । मेयर बिरालोको नाम स्टब्बस थियो ।

सन् १९९७ मा उक्त सहरमा भएको स्थानीय निकायको चुनावमा मानिसहरु मतदानकेन्द्रमा उभिएर कुनैपनि उम्मेदवरालाई आफ्नो मत दिएनन् । जनताहरुले उक्त बिरालोलाई नै आफ्नो मेयरको रुपमा जिताए ।

अनौठो त के भने उक्त बिरालो लगातार १५ वर्षसम्म सो सहरको मेयर बनिरह्यो । अर्थात् बिरालो विरुद्ध चुनाव लड्ने हिम्मत नेताहरुले गरेनन् ।

सन् २०१७ को जुलाई २१ मा २० वर्षको उमेरमा स्टब्बसको मृत्युपछि मात्र उसको १५ वर्षे शासन समाप्त भयो ।

सायद कुर्सीमा पुगेपछि मान्छेलाई मात्र होइन बिरालोलाई पनि यश आराम तथा सुखभोग चाहिन्छ होला । यो बिरालोपनि त्यस्तै शौखिन थियो । उसले केवल काँचको गिलासमा मात्रै पानी लगायतका तरल खाने कुरा खान्थ्यो । १५ वर्षसम्म सहरको मेयर हुने बिरालोका क्रियाकलाप सामान्य हुने त कुरै भएन । तथापि सहरमा उसको स्थान सम्मानजनक थियो ।

उक्त बिरालो मेयरकै कारण टकटिना सहर पर्यटकको केन्द्र बनेको थियो ।

–एजेन्सीको सहयोगमा