May 12, 2025, Monday
२०८२ बैशाख २९

बाँदर आफ्नो बच्चाको लास लिएर किन डुल्छ ?

तपाईले देख्नु भएकै होला जब कुनै बाँदरको बच्चा मर्दछ, तब उसको आमाले त्यो मरेको बच्चालाई लिएर कैयन् घण्टा तथा दिनसम्म पनि घुमिरहेको हुन्छ । बच्चा मरेपनि उसले आफ्नो बच्चाको लासलाई छाड्दैन, त्यसको ख्याल गर्दछ र सम्हालेर राख्दछ ।

प्रायः आमा बाँदरले आफ्नो मरेको बच्चाको लास नकुहिउन्जेल उसलाई आफूसँगै बोकेर हिँड्ने गर्दछ । आखिर बाँदरले किन यसो गर्दछ ? जिव वैज्ञानिकहरुले दशकौँदेखि यसको अनुसन्धान गरिरहेकोमा बल्ल यसको रहस्य खुलेको छ ।

Advertisement

पछिल्लो अध्ययनका क्रममा अन्तराष्ट्रिय स्तरमा यसअघि गरिएका विभिन्न ४ सय वटा अध्ययनहरुको निष्कर्षको पनि विश्लेषण गरिएको थियो । उक्त अध्ययनमा बाँदरका फरक-फरक प्रजातिमा देखिने यस्तो आनीबानीलाई सामेल गरिएको थियो । पोथी बाँदरले आफ्नो मृत बच्चासँग कस्तो व्यवहार गर्दछ ? भन्ने कुरालाई आधार मानेर ती ४ सय अध्ययनमा रहेका तथ्यको विश्लेषण गरिएको थियो । ती पूर्व अध्ययनमा सदियौँदेखि संकलित डाटाहरु संलग्न छन् । यसबाट वैज्ञानिकहरुले विभिन्न ५० प्रजातिका बाँदरको व्यवहारको दस्तावेजीकरण गरेका छन् जसले आफ्नो बच्चाको लासलाई सँगै लिएर घुम्दछन् ।

पोथी बाँदरले बच्चाको लास लिएर डुल्नुमा विभिन्न कारण हुने निष्कर्ष शोधकर्ताहरुको छ । यसरी लास लिएर घुम्ने कुरालाई विभिन्न तत्वले प्रभाव पनि पार्दारहेछन्। त्यसमा आमा बाँदर र बच्चाको उमेर, युवा वा नवजात बच्चाको मृत्युको कारण तथा आमा बाँदरको सामान्य व्यवहार आदि पर्दछन् ।

आमा बाँदरले आफ्नो बच्चा मरिसकेपछि पनि मानसिक रुपमा उस तथ्यलाई स्विकार गर्न सकिरहेको हुँदैन कि आफ्नो बच्चाको जुन सरीर लिएर ऊ घुमिरहेको छ, त्यसमा प्राण छैन ।

बेलायतको युनिभर्सिटी कलेज अफ लण्डनको डिपार्टमेन्ट अफ एन्थ्रोपोलोजीकी बाँदर विज्ञ तथा शोधकर्ता टोलीकी प्रमुख लेखिका एलिसा फर्नान्डेज फुयोका अनुसार बाँदरको उक्त व्यवहारको बारेमा २० औँ सताब्दीको सुरुवाटै अध्ययन सुरु भएको हो । यस विषयको पहिाले अध्ययन सन् १९१५ मा गरिएको रहेछ, जसबारेमा ज्यगचलब िया ब्लष्mब िद्यभजबखयष्यगच मा रिपोर्ट प्रकाशित भएको छ ।

उक्त अध्ययनका शोधकर्ता बाँदरविज्ञ तथा मनोविद रोबर्ट यक्र्सले लेखेका छन् कि रातो बाँदर आफ्नो मृत बच्चालाई लिएर पाँच हप्तासम्म घुमेको पाइएको छ । उक्त व्यवहार आमा बाँदरको बच्चा प्रतिको ममताको एक पराकाष्ठा हो । साथै यो बाँदरको गम्भीर स्तरको मानसिक सीमा पनि हो जसका कारण उसले आफ्नो बच्चालाई छाड्न सक्दैन ।

अहिलेको नयाँ अध्ययनले सन् १९१५ को उल्लेखित अध्ययनदेखि सन् २०२० सम्मका गरी विभिन्न ४ सय वटा अध्ययनको विश्लेषण गरिएको छ । यसमा रातो बाँदर, चिम्पान्जी लगायतका एप, बुस बेबिज, लेमुर्स लगायतका ५० प्रजातिका बाँदरको अध्ययन गरिएको छ, जसले आफ्नो मृत बच्चा लिएर हिँड्दछन् ।

यी मध्ये ८० प्रतिशतले सामान्य रुपमा यस्तो व्यवहार देखाउने गरेकोमा चिम्पान्जी तथा गोरिल्ला जस्ता ग्रेट एप्सले भने यसमा निकै असाधारण व्यवहार र ममता देखाउने गरेका छन् ।

एजेन्सीको सहयोगमा