May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

विश्व किर्तिमानी : १९५ देशको नाम, राजधानी र मुद्रा कण्ठ पार्ने यी १० वर्षकी बालिका

भारतीय मूलकी एक १० वर्षीया बालिकाले १९५ देशको नाम, राजधानी र मुद्रा कण्ठ गरेर विश्व कीर्तिमान कायम गरेकी छन् ।

Advertisement

भारतको राजस्थान मूलथलो भई हाल दुबईमा बस्दै आएकी सारा छिप्पा नामकी ती बालिकाको आफ्नो अद्भूत स्मरण क्षमताको प्रदर्शन गरी गिनिज बुकमा नाम लेखाएकी हुन् ।

गत मे २ मा भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रम फेसबुक, युट्युब र लिंक्डइनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो र उनले १९५ देशको नाम, राजधानी र मुद्रा खरर्र भनेकी थिइन् । यी सबै भनिसक्न उनलाई १५ मिनेट लागेको थियो । यो सँगै उनको नाम अनौठा किर्तिमान प्रमाणित गर्ने ओएमजी बुक अफ रेकर्डस्मा दर्ता भएको छ ।

विश्वका देशहरुको नाम र राजधानी कण्ठस्थ पार्ने किर्तिमान अरुले पनि बनाएका भएपनि उनले मुद्रा समेत कण्ठ पारेर नयाँ इतिहास रचेकी छिन् ।