सिद्धार्थनगर सिटी हस्पिटल भैरहवामा ‘नशा तथा मनोरोग विभाग’ सञ्चालन


भैरहवा–निजी लगानीबाट सञ्चालित भैरहवा क्षेत्रको दोश्रो ठूलो अस्पताल सिद्धार्थनगर सिटी हस्पिटल भैरहवाले ‘नशा तथा मनोरोग विभाग’ सञ्चालनमा ल्याएको छ । गत असोज १ देखि औपचारिक रुपमा उक्त बिभाग सञ्चालन गरिएको जानकारी अस्पतालले दिएको छ ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रालिका प्रबन्ध निर्देशक अर्जुन पौडेलले भैरहवा तथा आसपासका जिल्लामा मानसिक तथा लतजन्य बिरामी बढ्दै गइरहेकाले उनीहरुको सहजताका लागि आधुनिक र प्रविधियुक्त सहितको उपचार सेवा उपलब्ध गराउन यो विभाग सञ्चालनमा ल्याइएको बताए ।
उनका अनुसार यो विभागमा मानसिक स्वास्थ्य र नशा (लत) सम्बन्धी समस्याको समग्र उपचार तथा परामर्श सेवा प्रदान गरिने छ र यस सम्बन्धि समस्याहरूको पहिचान, परामर्श, उपचार तथा पुनस्र्थापना सेवा प्रदान गरिने छ ।
अनुभवी मनोचिकित्सक, मनोपरामर्शदाता तथा क्लिनिकल साइकोलोजिस्ट (मनोबिज्ञ) डा.संजिव रंजनको टोलीले यो सेवा प्रदान गर्ने छ । उक्त टोलीमा तालिमप्राप्त नर्सिङ्ग कर्मचारी आवश्यक अत्याधुनिक प्रविधियुक्त उपकरणको साथमा यो सेवा सञ्चालन हुने छ । उक्त विभागबाट आकस्मिक कक्ष (इमरजेन्सी), बहिरंग सेवा (ओपिडी) मा बिरामी भर्ना लगायतका सेवाहरु प्रदान गरिने छ ।
डा.संजिव रंजन, वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, युनिभर्सल शिक्षण अस्पताल भैरहवा लगायत अन्य अस्पतालहरुबाट लामो अनुभव चिकित्सक हुन् । रंजनका अनुसार पछिल्ला वर्षहरूमा तनाव, चिन्ता, तनाव, न्युरोसिस, सिजोफ्रेनिया, बायपोलार डिसअर्डर जस्ता मानसिक समस्याहरू तीव्र रूपमा बढिरहेका छन् ।
लागूऔषध र्दुव्यसन, मद्यपान, धूम्रपान लगायतका कारणले पनि अहिलेको युवा पुस्तामा धेरै प्रभावित छन् । विभागमा मानसिक रोगको परामर्श र उपचार (डिप्रेसन, एंजायटी, सिजोफ्रेनिया आदि), लागूपदार्थ र्दुव्यसन (नशा) व्यवस्थापन तथा परामर्श, किशोरकिशोरीको मानसिक स्वास्थ्य सहायता, आवश्यकता अनुसार औषधीय तथा मनोसामाजिक उपचार, इमर्जेन्सी तथा बिरामी भर्ना सुविधा, व्यक्तिगत तथा पारिवारिक परामर्श आवश्यक परेमा पुनस्र्थापना सेवाको सहजीकरण लगायतका सेवा उपलब्ध रहेको छ ।
अस्पतालका हस्पिटल निर्देशक डा. अमित चर्तुवेदीले बिरामी तथा परिवारलाई सहज, सुरक्षित र गोप्य वातावरणमा उपचार तथा मनोपरामर्श सेवा प्रदान गरिने जानकारी दिए ।
अस्पतालले प्रदान गर्ने यस खालको सेवालाइ विद्यालय, कलेज र कार्यालयहरूमा समेत बिस्तार गरि सचेतनाका कार्यक्रम, मनोरोगसम्बन्धी स्क्रिनिङ शिविर गरि समुदायस्तरसम्म पुर्याइने छ ।
सिद्धार्थनगर सिटी हस्पिटलमा यो सेवा सञ्चालन भएपछि उपचारका लागि काठमाडौं, पोखरा जानु नपर्ने र भैरहवामै गुणस्तरीय सेवा पाउने सकिने भन्दै स्थानीय खुशी छन् ।








प्रतिकृया दिनुहोस्