May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

के हो प्री–डायबिटिज, कसरी हुन नदिने ?

Advertisement

प्री–डायबिटिज एक यस्तो अवस्था हो जहाँ रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी हुन्छ, तर डायबिटिजको स्तरमा पुगिसकेको हुँदैन। प्रायः कुनै स्पष्ट लक्षण नदेखिने भएकाले धेरैले थाहा नै नपाउने गर्छन्। चिकित्सकका अनुसार, धेरै मानिसहरूलाई त केवल सामान्य स्वास्थ्य जाँच गर्दा मात्र प्री(डायबिटिज भएको पत्ता लाग्छ।

Advertisement

किन हुन्छ प्री–डायबिटिज ?
यसको जोखिम निम्न कारणले बढ्न सक्छः

-उमेर
-जातीय पृष्ठभूमि
-शरीरको तौल ९विशेषगरी पेट वरिपरि बढी बोसो०
-खानपान र जीवनशैली
इन्सुलिन भन्ने हर्मोनले रगतको चिनी सन्तुलनमा राख्न मद्दत गर्छ। तर शरीरमा बोसो बढी हुँदा इन्सुलिनको प्रभाव कम हुन्छ, जसले गर्दा शरीरले अझ बढी इन्सुलिन बनाउने प्रयास गर्छ — जुन दीर्घकालीन रूपमा असरदार हुँदैन।

प्री-डायबिटिज भएमा के गर्ने ?
१) तौल घटाउनुहोस् (झन्डै १० प्रतिशत)
तपाईंको हालको तौलको करिब १० प्रतिशत घटाउन सकेमा, कलेजोमा जमेको बोसो हट्न सक्छ र डायबिटिजको जोखिम घट्न सक्छ, यो परिवर्तन धेरैका लागि पर्याप्त हुन्छ। उदाहरणस् यदि तपाईंको तौल ७० किलो छ भने, ७ किलो घटाउँदा फाइदा हुन सक्छ।

२) तौल घटाएपछि त्यसलाई कायम राख्नुहोस्
छिटो वजन घटाउने डाइट लामो समयसम्म टिकाउँन कठिन हुन्छ। त्यसैलेस्
शाकाहारी, भीगन, वा लो-कार्ब डाइट प्रयोग गर्न सकिन्छ।
कम ग्लाइसेमिक इन्डेक्स भएका खाना छनौट गर्नुहोस् ९जस्तै साबुत अन्न, हरियो तरकारी०।

३) यी खानेकुरा कम गर्नुहोस्स्
-चिनी भएका पेय पदार्थ
-रातो तथा प्रोसेस्ड मासु
-रिफाइन्ड कार्बोहाइड्रेट (सेतो रोटी, मिठाई, चिप्स)
-फ्रेन्च फ्राइ लगायतका आलुजन्य खाना
यी खाद्य वस्तुहरूले इन्सुलिन प्रतिरोध ढाउँछन् र तौल वृद्धि गराउँछन्।

४) यी खानेकुरा बढाउनुहोस्
-फलफूल र हरियो तरकारी (अंगुर, स्याउ, पालुंगो)
-साबुत अन्न ९ब्राउन राइस, ओट्स, बाजरा०
-कम फ्याट दही र चीज
-चिनी बिना चिया र कफी
-यी खानेकुरामा फाइबर बढी हुन्छ, जुन रगतमा चिनीको स्तर सन्तुलनमा राख्न मद्दत गर्छ।
-डराउनु पर्दैन, सजक बन्नुहोस्
-प्री-डायबिटिज पत्ता लाग्नु एक चेतावनी हो — यो मौका हो आफ्नो स्वास्थ्यमा सुधार ल्याउने।
-यदि सबै डाइट परिवर्तन एकैपटक गर्न कठिन लागेस्
-सानो परिवर्तनबाट सुरु गर्नुहोस्
-दैनिक जीवनशैलीमा सुधार ल्याउनुहोस्
-डाक्टर वा डायटिसियनसँग सल्लाह लिनुहोस्

-swasthayakhabar