May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

उच्च कोलेस्टेरोलको रोकथाम र व्यवस्थापन

Advertisement

कोलेस्टेरोल र ट्राइग्लिसेराइडहरू त्यस्ता चिल्लोयुक्त तत्वहरू हुन् जुन रक्तनलीहरूमा जम्मा हुन्छन् र नलीलाई बन्द गरिदिन्छन्। उच्च कोलेस्टेरोल भनेको यदि रगतमा चिल्लोपना ५.० एमएमओएल/एल वा १९० एमजी/डिएल वा सोभन्दा बढी हुनु भन्ने बुझिन्छ। कोलेस्टेरोलहरू राम्रो प्रकारको र नराम्रो प्रकारको हुन सक्छन्। यसमध्ये नराम्रो (एलडीएल) चाहिँ यस्तो प्रकारको कोलेस्टेरोल हो जसले शरीरलाई हानि गर्दछ।

Advertisement

मानिसको रगतमा चिल्लोयुक्त तत्वहरूको मात्रा शारीरिक तौल वा मोटोपना बढी हुँदा, मधुमेह, नियमित मदिरापान गर्नाले, मिर्गौला वा कलेजो सम्बन्धी रोग भएमा र थाइरोइड सम्बन्धी रोगका कारणले बढ्ने गर्दछ। गर्भनिरोधका लागि खाने चक्की पिल्स, स्टेरियोड र बेटा ब्लकर जस्ता केही औषधिहरूको सेवनले पनि रगतमा चिल्लोयुक्त तत्वहरूको मात्रा बढाउने गर्दछ।

धेरै बोसोयुक्त खानाको सेवन र विलासी जीवनशैलीले शरीरमा बोसो बढाउन ठूलो योगदान गर्छ। धूम्रपानले राम्रो कोलेस्टेरोललाई घटाउने गर्दछ। केही बिरामीहरूमा वंशाणुगत रोगहरू हुने गर्दछ जसले गर्दा शरीरमा रहेका बोसो÷चिल्लो पदार्थहरू अनुचित तवरबाट उत्पादन हुने र परिणाम स्वरूप ती पदार्थहरू थुप्रिने गर्दछन्। त्यस्ता बिरामीहरूमा कम उमेरमै चिल्लोयुक्त तत्वहरू उच्च स्तरमा हुने गरेको पाइन्छ। सामान्यतया त्यस्ता बिरामीका परिवारको इतिहासलाई केलाउने हो भने सोही किसिमको समस्या भएको पाउन सकिन्छ।

उच्च कोलेस्टेरोलका कारण मुटु सम्बन्धी रोग (कोरोनरी रक्तनली रोग), उच्च रक्तचाप, मस्तिष्क घात ९मस्तिष्कमा हानि वा पक्षघात० र प्यानक्राइटाइटिस हुन सक्छ। जीवनशैली परिवर्तन गर्नुका साथै चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरेमा यसले रगतमा चिल्लोयुक्त तत्वहरूको स्तर घटाउन मद्दत गर्दछ र साथै मृत्यु निम्त्याउने खालका रोगको विकास हुन सक्ने जोखिमबाट बचाउँछ।

तपाईंले उच्च कोलेस्टेरोलको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?
आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्ः
सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई ठिक्क अवस्थामा कायम राख्ने।
फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्ने। खानापकाउन अनस्याचुरेटेड तेलको प्रयोग गर्ने।
मांसाहारीहरूले रातो मासु ९जस्तैः खसीको मासु० नखाने र यसको सट्टा सेतो मासु (जस्तैः कुखुरा, माछा) खाने गर्नुपर्दछ।
नियमित शारीरिक व्यायाम गर्ने ९हप्ताको कम्तिमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, दौडिने, कम से कम ३० मिनेट पौडी खेल्ने०
धुम्रपान नगर्ने र अत्यधिक मात्रामा रक्सी सेवन नगर्ने।

तपाईंको शरीरमा भएको चिल्लोयुक्त तत्वहरुको अव्यवस्था (व्याड कोलेस्टेरोल बढ्नु वा गुड कोलेस्टेरोल घट्नु) को प्रकृति अनुसार उच्च कोलेस्टेरोल स्तरलाई घटाउन उपचारका लागि विभिन्न किसिमका औषधिहरू पाइन्छन्।

नियमित रूपमा दिनुँ औषधि सेवन गर्ने। अन्यथा ती औषधिहरू लाभदायी हुने छैनन्। आफ्नो चिल्लोयुक्त तत्वहरूको स्तरको जाँच नियमित रूपमा गराउनुहोस्। यदि औषधिको कारण केही प्रतिकूल असर भएमा आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस्।