ब्रेन ट्युमर वा ब्रेन क्यान्सर भनेको के हो, कसरी थाहा पाउने ?


सामान्य भाषामा भन्दा ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो। मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । मानिसमा १२० भन्दा बढी विभिन्न प्रकारका ब्रेन ट्यूमरहरू हुन सक्छन्। ब्रेन ट्युमर मुख्यत: २ खालका हुन्छन्। पहिलो नबढ्ने (बेनाइन) र अर्को, बढ्ने (म्यालिग्नेन्ट)।
बेनाइन : यस्ता ट्युमरहरु नफैलिने वा बिस्तारै बढ्ने खालको हुन्छन्। तर कहिलेकाहिँ तिनीहरूले मस्तिष्कको भागहरूलाई क्षति पुर्याउन र कम्प्रेस गर्न सक्छन्, जसले गम्भीर समस्या निम्त्याउन सक्छ। मस्तिष्कको महत्त्वपूर्ण क्षेत्रमा अवस्थित बेनाइन ब्रेन ट्युमरहरू जीवनका लागि खतरा हुन सक्छन्। बेनाइन ट्युमरहरु जस्तै, मेनिनजिओमा, पिट्युटरी ट्युमर्स, न्युरोमा आदि।
सेकेन्डरी/ मेटास्टाटिक ब्रेन ट्युमर : मेटास्टेटिक ब्रेन ट्युमर, जसलाई सेकेन्डरी ब्रेन ट्युमर पनि भनिन्छ। यी घातक ट्युमरहरू हुन्, जुन शरीरको अन्य ठाउँमा क्यान्सरको रूपमा उत्पन्न हुन्छन् र त्यसपछि मस्तिष्कमा मेटास्टेसाइज (फैलिन्छन्)। मेटास्टेटिक ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमर भन्दा चार गुणा बढी असामान्य हुन्छन्।
मस्तिष्कमा फैलिने क्यान्सरहरू
• स्तन क्यान्सर
• कोलोन क्यान्सर
• मृगौला क्यान्सर
• फोक्सोको क्यान्सर
ब्रेन ट्यूमरका लक्षणहरु
ब्रेन ट्युमर भएमा सुरु-सुरुमा टाउको दुख्ने समस्या हुन्छ। खाशगरी बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ । टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा प्रमुख र सुरुवाती लक्षण हो ।
त्यसपछि विस्तारै,
• सिजर वा छारेरोग
• हातगोडामा कमजोरी
• हिंडनमा , उभिनमा , बोल्नमा समस्या
• दोहोरो दृष्टि वा आँखाको समस्या
लक्षण देखिए के-के जाँच गर्नु पर्छ ?
सबैभन्दा पहिला लक्षणको आधारमा सिटी स्क्यान, एमआरआई गरेर ब्रेन ट्युमर भए नभएको एवं यकीन गरिन्छ । प्राय ट्यूमरको पहिलो उपचार भनेको शल्यक्रिया नै हो । तर केही ट्युमरको अपरेसन नगरी पनि उपचार सम्भव छ।
अपरेसन पछि के गरिन्छ ?
ब्रेन ट्युमर ग्रेडिङ : ब्रेन ट्युमरको ग्रेडले यो कति गम्भीर छ भनेर थाहा हुन्छ । बायोप्सी नमूना प्रयोग गरेर, यसको ग्रेड निर्धारण गर्न माइक्रोस्कोपमा ट्यूमरको जाँच गरिन्छ । ब्रेन ट्युमर ग्रेडिङ भनेको ब्रेन ट्युमर कोशिकाहरूको र ट्युमर बढ्ने र फैलिने सम्भावना कति छ भनेर संकेत गर्ने एक प्रणाली हो। आजकल बिशेष मलिक्युलर जाँचहरुबाट ट्युमरको प्रकृतिबारे थप जानकारी पाउन सकिन्छ।
विश्व स्वास्थ्य संगठन ट्युमर ग्रेडिङ सिस्टम अनुसार ब्रेन ट्युमर ग्रेडिङ १ (कम आक्रामक) देखि ४ (सबैभन्दा आक्रामक) सम्म प्रयोग गरिन्छ।
ब्रेन ट्युमरको उपचार कसरी गरिन्छ ?
ब्रेन ट्युमरको सबैभन्दा पहिलो उपचार शल्यक्रिया हो। केही ट्युमरहरूको लागि, शल्य चिकित्साबाट हटाउने र निरन्तर निगरानी मात्र गरे मात्र पुग्छ ।
ब्रेन क्यानसर पुष्टि भए पछि हामीले थप उपचार गराउनु पर्ने हुन्छ । जसलाई हामी रेडियो थेरापी र किमोथेरापी भन्छौं। ट्यूमरको अवस्था हेरेर कुन दिने वा दुवै दिने भन्ने निर्क्यौल गरिन्छ। -swasthyakhabar








प्रतिकृया दिनुहोस्