May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ ?

-भोजराज पोख्रेल

नेपाली उखान नै छ, भान्सानै औषधिको घर हो भनेर। हो त्यसै कुरालाई ध्यानमा दिएर हरेक मानीसले आ-आफ्नो भान्सामा दैनिक प्रयोग हुने खाध्यवस्तुलाई चिनेर नियमित रुपमा खानामा प्रगोग गर्न सकेमा बजारमा प्याकिङको रुपमा तयारी भएका मिसावटयुक्त भिटामिनहरुलाई प्रयोगमा ल्याउन आवश्यक पर्दैन। हामी सबैको भान्सामा दैनिक प्रयोगमा ल्याइने हरेक खाध्यवस्तु अन्न फलफुल तरकारी पशुजन्य पदार्थहरुलाई घरमै विषादीमुक्त तरीकाबाट उत्पादन गरेर आफ्नो भान्सामा प्रयोगमा ल्याउन सक्यौं र त्यसको महत्व बुझेर सेवन गर्न सकेमा सजिलो तरिकाबाट पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ।

Advertisement

मानव स्वास्थ्यको लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु चिनेर प्रयोगमा ल्याउन सकियो भने पोषक तत्व र भिटामिन खोज्न बाहीर जानु पर्दैन। विभिन्न नामका भिटामिनहरु हाम्रो शरीरलाई अति आवश्यक पर्ने थोरै मात्रामा चाहीने तर शरीरको लागी नभै नहुने तत्व अन्र्तरगत पर्दछन्। यति धेरै महत्व भएका तत्वहरु पनि हामी आफै उत्पादन गर्न सक्ने र आफ्नै भान्सामा प्राप्त गर्न सक्ने भएको हुँदा सम्पुर्ण मानिसले आफ्नै भान्साको प्रयोग गरौं। घरयासी उत्पादनलाई जोड दिऔं। भान्सामा प्रयोग हुने खाध्यवस्तुको महत्व बुझेर घरको भान्सा नै औषधिको केन्द्र सम्झेर प्रयोग गरौं। ताजा शुद्ध र सफा भान्साको प्रयोग गरौं। कामको साथमा आराम र ब्यायाम गरौं। तनाबमुक्त जीवन बनाऔं तबमात्र जिबन स्वस्थ र तन्र्दुस्त बनाउन सकिन्छ। 
कार्बोहाइड्रेट 
शक्ति प्रदान गर्दछ। शरीरमा ७० देखि ८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ। 
यसको नाप्ने ईकाइलाई किलो क्यालोरी भनिन्छ।
एक ग्राम कार्बोहाइड्रेट  बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ। 

Advertisement

प्रोटिन 
यसले कोष तथा कोषिकाहरुको बृद्धि विकास गर्दछ। 
खिइएको कोष तथा कोषिकाको मर्मत संभार गर्दछ। 
समस्टिगत रुपमा भन्नुपर्दा शारीरिक बृद्धि तथा विकास गर्दछ। 
एक ग्राम प्रोटिन बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुछ। 
चिल्लो 
शक्ति प्रदान गर्दछ। 
छालाको हेरचाहा गर्दछ थोरै मात्राले धेरै शक्ति दिन्छ। भिटामिनहरु जस्तैः ए डी ई के लाई शरीरभित्र सन्चालन गर्दछ। 
एक ग्राम चिल्लो बराबर ९ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ। 
भिटामिन 
भिटामिनलाई सुक्ष्म पौष्टिक तत्व पनि भनिन्छ। यीनीहरु मानव शरीरलाई ज्यादै थोरै मात्रमा चाहीने तर शरीरलाई नभै नहुने खालका हुन्छन्। 

भिटामिन ए 
स्वस्थ आँखाको लागि 
छालाको हेरचाहाको लागि
शारीरिक बृद्धि विकासको लागि 
अन्य रोगको आक्रमणबाट बचाउनको लागि 
भिटामिन बी 
कमजोरी र थकान कमगर्न। 
खाना रुचि बढाउन।
झाडापखाला र पेलेग्रा हुन नदिन।
स्मरण शक्ति कायम राख्न। 

भिटामिन सी
गिजासम्बन्धी रोग हुन नदिन।
छालाभित्र रगतका कोषिकाहरु फुट्न नदिन। 
रक्त अल्पताको कमि गर्न।
विभिन्न रोगको प्रतिरोध गर्न।
लामो समय सम्म निरोगी राख्न। 

भिटामिन डी 
शरीरको हाड लाई बलियो बनाउन।
रिकेट्स र ओस्टिओमालासिया जस्ता हाडसम्बन्धी रोगबाट बचाउँछ। 
क्याल्सियम जस्ता खनिज तत्व सोस्न। 

भिटामिन  इ
शरीर भित्रको आवश्यक चिल्लोहरु बचाएर राख्न।
रातो रक्तकोष बनाउन।
भिटामिन ए क्यारोटिन जस्ता तत्वहरु बचाइ राख्न। 
कोष तथा कोषिका हरु नस्ट हुन नदिन। 

भिटामिन के 
शरीरमा चोट पटक लाग्दा अधिक रगत बग्नबाट रोगथामका लागी।
घाउ चोटपटक छिटो निको पार्न।
हड्डी बलियो बनाउन। 

खनिज तत्व क्याल्सियम  
हड्डी बलियो बनाउन।
दाँत बलियो बनाउन। 
मांशपेशी चलमलाउन। 
फलाम 
शरीर भित्र रगत बन्न। 
रक्त अल्पताको कमि गर्न।
शारीरिक बृद्धि विकास गर्न।
विभिन्न रोग बाट बचाउन। 
शरीर स्वस्थ राख्न। 

आयोडिन
शरीर सुस्त हुन नदिन। 
शरीर फुर्तीलो पारीरहन।
गलगाँड हुनबाट बचाउन। 
लाटो लठेब्रो हुन नदिन। 
पानी 
सबै प्रकारका पौष्टिक तत्वलाई शरीरको विभिन्न भागमा पुर्‍याउन सहयोग गर्दछ। 
शरीरको फोहोर मैला बाहिर निकाल्न। 
शरीरमा तातोपना कायम राख्न मद्धत गर्दछ। 

  (लेखक  स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)