पाठेघरको मुखको क्यान्सरका ६ लक्षण र जोखिमहरू


नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ। पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) संक्रमण हो। यसको संक्रमण मुख्यत: यौन सम्पर्कबाट हुन्छ।
पाठेघरको मुखको क्यान्सरको जोखिमहरु
– धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्नु
– कम उमेरमा विहे वा सानै देखि यौनसम्पर्क हुनु
– कम उमेरमा बच्चा जन्माउनु
– धेरै बच्चा जन्माउनु
– पटक-पटक गर्भपतन गराउनु
– धूम्रपान गर्नु
– कुपोषण भएका महिलाहरुमा
– एचआईभी संक्रमित महिलाहरुमा
पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरु
– यौन सम्पर्क गर्दा रगत देखिनु
– योनीबाट अनियमित रगत बग्नु सेतो गन्हाउने पानी आउनु
– तल्लो पेट दुखिरहनु
– दिसापिसाब गर्दा अप्ठ्यारो हुनु
– ढाड दुख्नु, बढी थकाइ लाग्नु
– तौल घट्दै जानु
पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा उपचार
– ३० वर्ष माथिका सबै महिलाहरूले नियमित पाठेघरको मुखको परीक्षण गराउनु पर्दछ।
– सरकारी स्वास्थ्य संस्थामा भी.आइ.ए प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण निःशुल्क उपलब्ध छ।
– एचपीभी विरुद्धको खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।
प्रारम्भिक चरणमै रोग पहिचान भएमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन्छ ।
(राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र)

प्रतिकृया दिनुहोस्