March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बेबी वाकरले बच्चा चाँडो हिँड्न सक्छन् ?

डा.राजकुमार विक

केही समय अघिदेखि मेरो ११ महिने छोरोलाई केही सपोर्ट दियो भने हिंड्न थाल्यो,यो देखेर अन्य  आमालाई पनि ‘छोरोलाई हिड्न सजिलो गराउने बेबी वाकर लिएर आउनु न भनेको उहिले हो। हजुरले नलिएर छोड्नु भयो है।’ 

Advertisement

म भने सुरु देखि नै नलिने पक्षमा थिए र छु। आउनुहोस् आजको यस अंकमा बेबी वाकरको बारेमा केही  जानकारी लिओैं।

Advertisement

अमेरिकामा गरिएको एउटा अध्ययन अनुसार सन १९९४ देखी २०१४ सम्ममा करिब २३०६७६ जना १५ महिना मुनिका बच्चाहरुलाई बेबी वाकरको प्रयोगबाट चोटपटक लागेर अमेरिकन अस्पतालको इमरजेन्सी कक्षमा उपचार गर्नुपरेको थियो। त्यसमध्ये करिब ९० प्रतिशत बच्चालाई टाउको र घाँटी वरिपरी चोट लागेको थियो।

बेबी वाकर किन असुरक्षित छ त?
सिँढिबाट खस्ने डर,
सन्तुलन गुमेर वाकरबाटै खस्ने डर,
सजिलै वरपर पुग्दा हुने जोखिम जस्तैः तातो कुराले पोल्नु,धारिलो कुराले घोच्नु,पानीमा डुब्नु।

अभिभावकले वाकर किन लिन खोज्छन त? के वाकरले चाँडो हिंड्न मद्दत गर्छ त?
कतिपयलाई लाग्छ कि वाकरको प्रयोगले बच्चा छिटो हिडछ। तर वास्तवमा वाकरको प्रयोगले बच्चाले उल्टै ढिलो हिंडेको पाइएको छ। किनकी हिंड्न सिक्नु भनेको खुट्टाले टेकेर अगाडि बढ्नु मात्रै हैन है। बच्चाले बसेर उठ्ने त्यसपछि शरीरलाई ब्यालेन्स गर्ने र बिना सपोर्ट पाइला चाल्न थाल्दछन। बच्चालाई सिधै वाकरमा राख्दा त्यो प्राकृतिक प्रकियाबाट जाँदैनन र ढिलो हिंड्ने गर्छन्।अर्को सोच भनेको बच्चालाई राम्रो लाग्छ र स्वतन्त्र भएर हिंड्न पाउछ। त्यो चाँही एकदम साँचो हो राम्रो उपाय भने हैन।

वाकर नकिनेर के गर्ने त? अन्य कुनै उपाय छ त?
माथि भने जस्तै समस्याले गर्दा क्यानडा,अमेरिकामा  बेबी वाकरको उत्पादन र बिक्री वितरणमा रोक तथा निरुत्साहित गरेको छ।   
स्टेशनरी प्ले सेंटर वाकर जस्तै देखिन्छ तर चक्का हुँदैन;
हाइ चेयर (अग्लो कुर्सी )को प्रयोग।
त्यसैले बेबी वाकर प्रयोग गर्नु अघि धेरै सोच बिचार  गर्नुहोला। -swasthayakhabar