शरीरलाई किन आवश्यक छ भिटामिन ई ? कमी हुँदा कस्ता समस्या आउँछन् ?


शरीरका लागि अरु भिटामिन जति आवश्यक हुन्छ, उति नै भिटामिन ई पनि आवश्यक हुन्छ। अधिकांश मानिस यसलाई ‘ब्युटी भिटामिन’ को रुपमा सम्झन्छन्। यसले छाला र कपाल सन्दर बनाउने भएकाले भिटामिन ई आवश्यक ठानिन्छ। तर यतिमात्र होइन। भिटामिन ई प्रतिरोधी प्रणाली र मस्तिष्कको स्वास्थ्यलगायतका लागि पनि आवश्यक हुन्छ।
भिटामिन ईको कमीले शरीरमा धेरै खालका समस्याको कारण बन्न सक्छ।
कस्ता स्वास्थ्य समस्या आउँछन् भिटामिन ईको कमीका कारण?
भिटामिन ई फ्याटमा घुलनशील भिटामिन हो र यसले अन्य घुलनशील भिटामिनहरु ए,डी र केजस्तै काम गर्छ। भिटामिन ईले शरीरमा एन्टि अक्सिडेन्टजस्तै काम गर्छ र हानिकारक कणबाट कोशिकालाई बचाउँछ।
शरीरमा यसको कमीका कारण विभिन्न समस्या देखा पर्छन्। जस्तोः
स्नायुसम्बन्धी समस्या
कमजोर प्रतिरोधी प्रणाली
शरीर सुन्निनु
मांसपेशी दुख्ने
महिलामा महिनावारीका क्रममा क्र्याम्म्स
पाचनप्रणालीसँग सम्बन्धित समस्या
कलेजो र प्याङक्रियाजसँग सम्बन्धित समस्या
यदि भिटामिन ईको कमी छ भने मांसपेशी दुख्ने, झन्झनाहट र कमजोर इम्युनिटी महसुस हुनसक्छ
भिटामिन ईका फाइदा
छालादेखि दिमागसम्म भिटामिन ईका फाइदा हुन्छन्। जस्तोः
शरीरमा भिटामिन ई पर्याप्त हुँदा मुटुको रोग लाग्ने खतरा कम हुन्छ।
रतन्धोको जोखिम कम गर्छ।
कलेजो र फोक्सोको कार्य राम्रो बनाउँछ।
चाउरिने प्रक्रियाको लक्षणबाट बचाउँछ।
छाला र कपालको स्वास्थ्य राम्रो बनाउँछ।
शरीरमा भिटामिन ई कसरी बढाउने?
पाचनप्रणालीलाई स्वस्थ राख्ने- यदि पाचन प्रक्रियामा सामेल अंगहरु आन्द्रा, कलेजो र प्याङक्रियाजले ठीकसँग काम गर्छन् भने हामीले खाने खानाबाट भिटामिन ई सजिलै अवशोषित हुन्छ।
सही डाइट लिने- खानामा तेल, मेवा, फल र साग समावेश गर्नुपर्छ। सूर्यमुखी, बदाम तथा जैतुनको तेल, फर्सी, आँप, पालुंगोजस्ता भिटामिन ईबाट भरपुर प्राकृतिक खाद्यपदार्थ खानुपर्छ।
यसका अलावा चिकित्सकले भिटामिन ईको क्याप्सुल पनि दिनसक्छन्। तर यसलाई सन्तुलित तरिकाले सेवन गर्नुपर्छ। अन्यथा यसकाे बढीमात्रा शरीरका लागि हानिकारक बन्न सक्छ।
त्यसैले भिटामिन ईको कमीको लक्षणलाई बेवास्ता गर्नु हुन्न। यसको लक्षणलाई पहिचान गरेर समाधानका उपाय खोज्नुपर्छ।








प्रतिकृया दिनुहोस्