March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

ढाड दुखिरहन्छ ? यसो गर्नुहोस्

तपाईँले निरन्तर ढाड दुखिरहेको अनुभव गरिरहनुभएको छ ? यदि हो भने दुखाई अनुभव गर्ने तपाईं मात्र एक्लो भने होइन। संसारमा हरेक १० जनामध्ये १ जना यस्तो समस्याबाट पीडित रहेको पाइन्छ। ढाड दुख्ने समस्याले धेरैलाई अशक्त बनाउने गरेको बताइन्छ।

Advertisement

विज्ञहरुका अनुसार ढाड दुख्नुका विभिन्न कारणहरु भए पनि एउटा महत्वपूर्ण कारण भने गलत आसनमा बस्नु नै हो। यसको अर्थ तपाईंले उभिदा वा बस्दा राम्रो आसन ग्रहण गर्न सक्नुभयो भने ढाड र घाँटी दुःख्ने समस्या लगायतबाट मुक्त हुन सक्नुहुनेछ।

Advertisement

कुर्चीमा बस्दा आफू ठीक आसनमा छु भनेर कसरी बुझ्ने त?
‘तपाइले आफ्नो शरिरको आसनलाई एकदमै सजिलो बनाउनुहोस्। बसिरहेको अवस्थामा हड्डी, जोर्नी र मांशपेशीलाई न्यून चोट परोस्,’ खेलकुदका थेरापिष्ट मेघा भाटनगर भन्छन्।

धेरैले जागीरमा शारीरिक भन्दा पनि बौद्धिक परिश्रम गर्ने भएकाले घन्टौंसम्म कुर्चीमा बस्नुपर्ने हुन्छ। यो जीवनशैलीमा हाडजोर्नी तथा नसा सम्बन्धि स्वास्थको राम्रो ख्याल गर्नुपर्ने देखिन्छ। सबैभन्दा पहिलो सजिलो उपाय बस्दाखेरी दायाँ आसनलाई ध्यान दिनुपर्छ। सिड्नी स्कुल अफ पब्लिक हेल्थ स्टडीका अनुसार ढाड दुख्ने समस्याका कारण एशिया र अफ्रिकाका केही भागमा यसले महामारीको रुप लिन थालेको छ।

‘दीर्घकालिन रुपमा अनुचित आसनमा बस्दा निरन्तर घाँटी र ढाडको समस्या हुन्छ। तसर्थ बस्दा र उभिदा निकै असल आसनमा रहुन महत्वपूर्ण हुन्छ,’ भारतको इन्द्रप्रस्था एपोलो अस्पतालका हाड जोर्नी सम्बन्धी विज्ञ राजु भाइस्या भन्छन्।

के हो राम्रो आसन ?
कुर्चीमा कसरी राम्रो आसनमा बस्ने त? ‘ढाडलाई सिधा पारेर छाती उचो पारेर बस्नुहोस्। तपाईंको नितम्बले तपाई बसिरहेको कुर्चीलाई छुनैपर्छ। बस्दाखेरी तीनै ओटा ब्याक कर्भको उपस्थित हुनुपर्छ।

तपाईंको आसनलाई उपर्युक्त रुपमा मिलाउनका लागि एउटा गम्छापनि प्रयोग गर्न सकिन्छ।

राम्रो आसन ग्रहणका लागि कुर्चीको अन्तिम भागसम्म बस्नुहोस र शरिरको माथिल्ले आधा भाग तल झुकाउनुहोस्। त्यसपछि माथि तनक्क तन्किनुहोस् र सम्भव भएसम्म तपाईँको ढाडको कर्भलाई अलि जोड दिनुहोस्। यो निकै उपर्युक्त आसन हो।

कुर्चीमा बस्दा तपाईँ घुँडालाई ह्पिभन्दा हल्का अग्लो पारेर बस्नुहोस्। यसरी बस्दा तपाईको खुटा एक अर्कालाई कहिल्यै नबेर्नुहोस् वा नबर्टानुहोस्।

बीएलके सुपर स्पेसिअलिटी हस्पिटलका न्यूरो चिकित्सक यसपाल सिंहका अनुसार एउटै पोजिसनमा केबल ३० मिनेट भन्दा बढी बस्नु हुँदैन्। तपाईले आफ्नो कुर्चीको उचाईमा ख्याल गर्नुपर्छ ताकी तपाईको तीघ्रा र पिडौलामा असुबिधा नहोस्।

त्यसैगरी बस्दा खेरी कम्मर बंग्याएर कहिल्यै नबस्नुहोस्। उभिदा पनि खुट्टाकै भरमा सिधा उभिनुहोस्। झुकेर वा हातको टेको लगाएर वा वांगिएर कहिल्यै नउभिउनुहोस्।

यसो गर्दा पनि समस्या आइरहन्छ भने चिकित्सकलाई देखाउनु उत्तम हुन्छ।