March 22, 2025, Saturday
२०८१ चैत्र १०

क्षयरोगसम्बन्धी पाँच तथ्य

१. क्षयरोग जीवाणुबाट हुने सङ्क्रमण हो जुन प्रभावित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा निस्किने सानो बिन्दुबाट अरूमा सर्न सक्छ।

२. मुख्यतः यसले फोक्सोलाई प्रभावित पार्छ, यसका साथै शरीरको कुनै पनि भागलाई पनि यसले प्रभावित पार्न सक्छ
यसको सबैभन्दा साझा लक्षण भनेको लगातार तीन हप्तासम्म खोकी लाग्नु, तौल अप्रत्याशित रूपमा घट्नु, ज्वरो आउनु र राति पसिना आउनु।

Advertisement

३. क्षयरोगको उपचार सम्भव छ, तर समयमै उपचार नगराउँदा ज्यान पनि जान सक्छ।

४. बीसीजी खोपले क्षयरोगबाट जोगाउँछ। यो खोप क्षयरोगको जोखिममा रहेका बालबालिका तथा ३५ वर्षमुनिका वयस्कलाई दिन सकिन्छ।

५. जोखिममा पर्ने समूहः क्षयरोगको उच्च सङ्क्रमण देखिएका क्षेत्रमा बस्ने बालबालिका र क्षयरोगी उच्च दरमा रहेका देशमा बस्ने परिवारका मानिस।