December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

श्वासनलीको संक्रमण के हो र कसरी जोगिने ?

श्वासनलीको संक्रमण भनेको के हो ?
नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ। साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ। 

Advertisement

गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल र गतिमा कमी आउँछ। जसले गर्दा फोक्सोभित्रबाट निस्किने खकारलाई बिरामीले खोकेर बाहिर निकाल्न सक्दैन। यसरी फोक्सोभित्र जमेको खकारले संक्रमण गराउने र संक्रमणलाई झन् खराब बनाई जटिल बनाउँछ। 

घाँटी र फोक्सोमा संक्रमण हुने कारण 
पिनास हुने (साइनसिटिस)
घाँटीको संक्रमण ((फाराइनजाइटिस)
स्वरनलीमा संक्रमण (लाराइनजाइटिस) 
कानको मध्य भागमा संक्रमण  (ओटोटिश मिडिया ) 
विषाणुबाट पनि श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण हुनसक्छ जस्तै निमोनिया साथै नाक, मुख र घाँटीमा संक्रमित साधनहरु जस्तै रुमाल, मास्क, ओछ्यान, सिरक, आदि प्रयोग गरेमा  वा प्रदुषित हावामा बिरामीले श्वासप्रश्वास लिएमा श्वासप्रश्वास नलीमा संक्रमण हुने गर्दछ।  

संक्रमणका लक्षणहरु 
बिरामीलाई उच्च ज्वरो (९९ –१०३ डिग्री) आउँछ र धेरै पसिना आउँछ।

बिरामीलाई श्वास फेर्न गाह्रो हुन्छ र छिटोछिटो श्वास फेर्छ।

श्वास फेर्दा असाधारण आवाज आउँछ (जस्तै सुसेलेको आवाज वा सुइँसुइँ आवाज आउँछ)। 

खोकाइ  फोक्सोभित्र  खकार धेरै जमेको कारणले खोकी धेरै चर्को लाग्छ तर बिरामीको कमजोरी र खकार बाक्लो गाढा  हुने भएकोले  बिरामीले खोकेर खकार बाहिर निकाल्न असमर्थ हुन्छ। 

पहेँलो रङ्ग वा रगत मिसिएको बाक्लो खकार धेरै मात्रामा पोक्सोमा जमेको हुन्छ। 

बिरामीको पूरा शरीरमा पीडा हुन्छ र दैनिक गर्नुपर्ने कामकाज गर्दा पनि थकाइ लाग्छ। 

संक्रमणबाट जोगिन के गर्ने?
घर वरपरको वातावरण स्वाच्छ राख्ने जस्तै धुलो, धुवाँ  मुक्त राख्ने। 

घरेलु पाल्तु जनावरबाट बिरामीलाई टाढा राख्ने। 

बिरामीको वरपर भीडभाड हुन नदिने र भेट्न आउने आगन्तुकहरुलाई नियन्त्रण गर्ने। 

जलवियोजन हुन नदिन बिरामीलाई तातो झोलिmलो पदार्थ  जस्तै पानी जुस र सुप प्रशस्त पिउन दिने। किनकि ज्वरो  र पसिना आउनाले शरीरबाट झोलिलो पदार्थ धेरै खेर गएको हुन्छ। 

बिरामीलाई न्यानो बनाई राख्ने।  चिसोबाट बचाउने। 

बिरामीलाई  राम्ररी हावा चल्ने कोठामा राख्ने।

बिरामीलाई सुताएर ओछ्यानमा आराम गराउने बेलामा शरिरको पछाडीपट्टि  तकिया राखेर बिरामीलाई सिधा आसनमा सुताउने। 

संक्रमण फैलनबाट रोक्नका लागी बिरामीको उपचार र हेरचाह अघि र पछि साबुन  र पानीले राम्ररी हात  धुने। 

श्वासप्रश्वास नलीमा संक्रमण भएका बिरामीको हेरचार गर्ने व्यक्तिले बिरामीको हेरचाह गर्ने बेलामा र बिरामीसँग बस्ने  बेलामा मुख छोप्ने माक्स लागाउने। 

ध्यान दिनुपर्ने कुराहरु
बिरामीले लगाएको मुख छोप्ने माक्स कम्तिमा दुई दिनमा एकपटक धुनुपर्छ। 

बिरामीले  प्रयोग गर्ने श्वासप्रश्वासका  साधानहरु जस्तै अक्सिजन माक्स, श्वास फेर्ने मेशिन स्पाइरोमिटरको एन्टिसेप्टिक झोलले सफा गर्ने सो नपाएमा साबुनपानीले सफा गर्ने। 

प्रोटिनयुक्त पोषिलो खानेकुरा खाने जस्तै मासु, माछा, अण्डा र दूधजन्य पदार्थ, गेडागुडी र रेसायसक्त तरकारीहरु खुवाउने गर्नुपर्छ।

यदि बिरामी आफैं वा हेरचार गर्ने व्यक्तिको सहायतामा बस्न  सक्छ भने श्वास प्रश्वास र फोक्सोको चालमा मद्दत पुर्‍याउने अन्य आसन वा तरिका पनि अपनाउन सकिन्छ। फिजियो थेरापिष्ट वा नर्सले श्वासप्रश्वाससँग सम्बन्धित व्यायामहरु सिकाउनेछ। 

श्वासप्रश्वासको व्यायामले फोक्सोलाई फैलाउन मद्दत पुर्‍याउँछ। श्वासप्रश्वास गतिमा सुधार ल्याउँछ फोक्सोमा जमेको खकारमा हलचल पैदा गरी निकाल्न  सजिलो बनाउँछ। 

पेटमा हातले हलुका थिच्दा फोक्सोमा हावा भरिएको महसुस गर्न मद्दत पुयाउँछ। 

नाकबाट फोक्सोभित्र हावा तान्ने र मुखबाट  हावा छोड्ने। 

खोक्ने अभ्यास गर्नु भन्दा १० मिनेट अगाडि बिरामीलाई तातोपानी बाफ लिन लागाउनुपर्छ। यसले फोक्सो र श्वासप्रश्वास नलीमा भएका नरम बनाई निकाल्न मद्दत गर्छ। 

श्वासप्रश्वास नलीको संक्रमण भएको बिरामीले भित्रैदेखि बिस्तारै गहिरो सास तान्ने र छोड्ने पक्रिया प्रसस्त मात्रामा नगरेमा उसको फोके झन कमजोर हुन जान्छ। तर बिरामी कमजोर छ, भित्रैदेखि गहिरो सास तान्न छोड्न वा फेर्न नसक्ने अवस्थाको भएमा सास फेर्ने मेसिन स्पाइरोमिटरको प्रयोबाट श्वासप्रश्वास गराउन सकिन्छ। यसले फोक्सोलाई स्वास्थ्य बनाई राख्न मद्दत  पुर्‍याउँछ। यस मेसिनबाट बिस्तारै सास तान्ने छोड्ने तरिका  पनि सिक्न सकिन्छ।

सास फेर्ने मेशिन स्पाइरोमिटरको प्रयोग गरी प्रत्येक १देखि२ घन्टामा १०,१५ पटक सास फेर्ने गर्नुपर्छ  । वा जिजियोथेरापिष्टको निर्देशनअनुसार राख्न र निको हुन सक्रिय हुनुपर्छ। 

स्रोतः राष्ट्रिय स्वास्थ्य, सूचना तथा संचार केन्द्र