December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

थपिए ५४९ संक्रमित, ६ को ज्यान गुम्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ।

शुक्रबार ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १० हजार १५१ सक्रिय संक्रमित रहेका छन्।