January 23, 2025, Thursday
२०८१ माघ १०

निपाह भाइरसका लक्षण र रोकथामका उपाय

के हो निपाह भाइरस ?
निपाह भाइरस पशुबाट मिनसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो। यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।

निपाह भाइरस कसरी सर्दछ ?
निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्दछ। 

Advertisement

संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मिनसमा सर्छ। संक्रमित पशुको संसर्गमा आएका फलफूल प्रयोग गरेमा पनि सर्छ। यस्तै संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्छ।

निपाह भाइरसका लक्षण
ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस।

निपाह भाइरसको रोकथाम कसरी गर्ने ?
– फलफूल राम्रोसँग पखालेर मात्र खाने
– तरकारी सकेसम्म पकाएर खाने
– मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने
– सकेसम्म पानी उमालेर मात्रै पिउने
– बेलाबेलामा साबुनपानीले हात धुने
– भिडभाड जाँदा मास्क लगाउने।