March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

यस्तो रोग हुनसक्छ अक्जिसन कमीले

मानविय हस्तक्षेपको कारण प्राकृतिक सम्पदा मासिँदो छ । रुख–जंगल पातलिँदै छन् । यान्त्रिक कलकारखाना, उद्योग, गाडी हावी भएको छ । यही कारण वायुमन्डल प्रदूषित हुँदैछ । अर्थात् मुलुकका ठूला सहरहरुका निम्ति पर्याप्त अक्जिसन छैन ।

Advertisement

के गर्छ अक्सिजनले ?
शरीरका भित्री अंगहरुले सही ढंगले कार्यसंचालन गर्न र गराउनका लागि अक्सिजनको उपस्थिती चाहिन्छ । शरीरमा अक्सिजनको आपूर्ति रगतको माध्यामबाट हुन्छ । जब शरीरमा पर्याप्त अक्सिजन पुग्छ, शरीर निरोगी हुन्छ । तन्दुरुस्त हुन्छ । जसरी पोषिलो खाना, शुद्ध पानीको आवश्यक हुन्छ, जीवनका निम्ति त्यो भन्दा बढी अक्सिजन आवश्यक हुन्छ ।

Advertisement

वायुमन्डलबाट हामी अक्सिजन निशुल्क रुपमा ग्रहण गरिरहेका हुन्छौं । हाम्रो शरीरले त्यतिबेला मात्र सुचारु रुपले काम गर्न सक्छ, जब शरीरका सम्पूर्ण अंगहरुमा आवश्यक्ता अनुसार अक्सिजको आपूर्ति हुन्छ ।

अक्सिजन नपुग्दा के हुन्छ ?
शरीरमा जब अक्सिजनको कमी हुन्छ, त्यसलाई हाइपोजेमिया वा हाइपोक्सिया भन्ने गरिन्छ । शरीरीक कमी तथा केही रोगका कारण शरीरमा अक्सिजनको स्तर आवश्यक्ता भन्दा कम हुने गर्दछ । यसलाई चिकित्सकिय भाषामा हाईपोजेमिया वा हाईपोक्सिया भन्ने गरिन्छ । हाईपोजेमिया भएमा विरामीलाई सास लिनमा समस्या हुने गर्छ ।

शरीरमा अक्सिजनको स्तर
सामान्यतया शरीरमा अक्सिजनको स्तर ९५ देखि १०० प्रतिशतसम्म हुने गर्छ । जब शरीरमा अक्सिजनको स्तर ९० प्रतिशत भन्दा कम हुन्छ, त्यसलाई अक्सिजनको कमी भन्ने मानिन्छ । आज्मा, दम लगायतका समस्या भएका विरामीमा अक्सिजनको कमी हुने सम्भावना बढी रहन्छ । शरीरमा अक्सिजनको स्तर कायम राख्न आज्मा, दम जस्ता समस्यालाई नियन्त्रणमा राख्न जरुरी हुन्छ ।

के गर्ने त ?
शरीरमा अक्सिजनको मात्रा कम हुन नदिन समय समयमा अक्सिजनको स्तर जाँच गर्न आवश्यक छ । रगतको जाचद्धारा पनि शरीरमा भएको अक्सिजनका स्तर मापन गर्न सकिन्छ । त्यस्तै, अक्सीमिटरद्वारा पनि शरीरमा अक्सिजनको स्तरको मापन गर्न सकिन्छ । अक्सिमिटरमार्फत रगतको जाच गर्न एउटा क्लिपलाई औलामा लगाएर रगतमा अक्सिजनको मात्रालाई छोटो स्क्रिनमा राखेर देख्न सकिन्छ ।

हाइपोजेमियाका कारण
हाइपोजेमिया जो कसैलाई हुनसक्छ । यद्यपी, यो समस्या कुनैपनि रोगबाट ग्रसित विरामीलाई हुने सम्भावना अधिक हुने गर्छ । जुन मानिसलाई आज्मा, निमोनिया वा फोक्सो सम्बन्धि समस्या छ, उनीहरु यसको जोखिममा हुन्छन् । यो रोगको सबैभन्दा मुख्य कारण शरीरमा आयरनको कमीका कारण हुने गर्छ ।

हाइपोजेमियाका लक्षण
– छाला निलो हुनु
– छातीमा पिडा हुनु
– सास लिनमा तकलिफ
– विना कुनै शारीरीक परिश्रम पसिना आउनु
– छाला रुखो हुनु

कसरी बच्ने ?
स्वच्छ वातावरण– अक्सिजनको कमी अनेक कारणले हुन्छ । यसमा वाह्य र आन्तरिक दुबै पर्छ । वायुमन्डल प्रदूषित भएमा पनि हामीले पर्याप्त अक्सिजन प्राप्त गर्दैनौ । त्यसैले हामी वस्ने वातावरण हरियाली, स्वच्छ हुनु आवश्यक छ ।

खुला स्थान– साथै हामी बस्ने आसपासको क्षेत्र खुला हुनुपर्छ, जहाँ हावा सहज रुपले आउजाउ गर्न सक्छ । झ्यालढोका खुला हुनुपर्छ । घर अगाडि बगैंचा, हरियाली भए राम्रो हुन्छ ।

प्राणायाम– प्राणायम विधीले सासलाई नियन्त्रणमा राख्न सकिन्छ । यसले शरीरमा अक्सिजन आपूर्ति गराउन सहयोग गर्छ ।

व्यायाम– दैनिक १० मिनेट व्यायाम गरेर तथा आयरनयुक्त खानेकुराको सेवन गरेर पनि शरीरमा हुने अक्सिजनको कमीबाट बच्न सकिन्छ ।