January 23, 2025, Thursday
२०८१ माघ १०

थप ६,७१४ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७  सय १४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ३२२ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो।

Advertisement

गत २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ।