June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

बुटवलमा रोयल इन्फिल्डको नयाँ भेरियन्ट ३५० सीसीको मेटिएर बाइक लन्चिङ्ग

Advertisement

बुटवल– रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालि, बुटवलले शुक्रबार ३५० सिसीको नयाँ मेटिएर बाइकको लन्चिङ्ग गरेको छ । यो बाइक नेपालका सबै आधिकारिक बिक्रेताहरुले आज एकै साथ विक्री शुभारम्भ गरेका छन् ।

Advertisement

बुटलमा गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरे र प्रतिष्ठानका अध्यक्ष प्रेम गैरेले संयुक्तरुपमा बिक्री शुभारम्भ गरेका हुन् ।

बिभिन्न ५ वटा कलरमा उपलब्ध मोटरसाइकल नयाँ लुक्स र स्टाइलिसमा भएको हुँदा यसमा यात्रा गर्दा आरामदायी हुने हुँदा यसलाई क्रुजिङ्ग बाइक पनि भन्ने गरिएको छ ।

ईजी क्रुज यो बाइक फयरवल, स्टेलर, आरोरा र सुपरनोभा नामक चार भेरियन्टमा रहेको र यसको मूल्य ५ लाख ७७ हजारबाट शुरु भई ५ लाख ९७ हाजरसम्म रहेको गैरे प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रवेशराज गैरेले बताए । गैरेका अनुार यो बाइकमा एलएडी हेड ल्याम्प लगायतका धेरै सुविधाहरु उपलब्ध छन् र दशकौंदेखि रोयल इन्फिल्डको शुद्ध र आविकल सवारी साधनको रुपमा रहेको छ ।

मेटिएर ३५० सीसी बाइक नयाँ पुस्ताका लागि निकै नै लोकप्रिय रहेको र यो बाइकलाई मोटरसाइकल बिशेषज्ञहरुले “थार ब्रैड ईजी क्रुजरको” को रुपमा मान्यता दिएको प्रतिष्ठानका अध्यक्ष प्रेम गैरेले बताए । अध्यक्ष गैरेका अनुसार शुरुवाती बर्षमै प्रतिष्ठित इण्डियन मोटरसाइकल अफ द इयर २०२१ मा पुरस्कृत भएको र विश्वका धेरै देशबाट पुरस्कार प्राप्त गरेको रोयल इन्फिल्ड बाइकमा अबदेखि ७ बर्षसम्मको विस्तारित वारेण्टीको सुविधा छ ।

सन् १९०१ देखि ब्रिटेनबाट निरन्तर उत्पादन शुरु भएको रोयल इन्फिल्ड इण्डियाको मन्द्रास र हालको चेन्नईमा १९५५ मा पहिलो उत्पादन भएको थियो भने पछिल्लो समय बिभिन्न देशका ७ आधुनिक सिकेडी प्रान्टबाट एसेम्बेलिङ्ग हुँदै आएको छ । गैरे प्रतिष्ठानले नवलपुर जिल्लाको कावासोतीमा रहेको रोयल इन्फिल्डको शाखामा समेत नयाँ ३५० सीसीको मेटिएर बाइकको विक्री शुभारम्भ गरिएको प्रतिष्ठानका कार्यकारी प्रमुख लक्ष्मी गैरेले बताइन् । उनका अनुसार बुटलमा नयाँ भेरिएन्टको छ वटा बाइक आएकोमा लन्चिङ्गकै दिन ६ वटै बाइक बिक्री भएको छ ।