December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

नेप्सेमा लगातार हरियाली, सोमबार ८७.६३ अंकले बढ्यो

पुजी बजार परिसूचक-नेप्से लगातार दोस्रो दिन बढेको छ। नेप्से सोमबार ८७.६३ अंकले बढेर २ हजार ६ सय ७२.२५ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ८३ लाख ९५ हजार ८ सय ६४ सेयर कित्ता खरिद विक्री भएकोमा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको छ।

Advertisement

सोमबार सबै उपसमूहको सूचक बढेको छ। सबैभन्दा बढी, जलविधुत् र फाइनान्स समूहको सूचक ७ प्रतिशतभन्दा बढीले बढेको छ।

नन लाइफ इन्सुरेन्सको सूचक पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ। १७ वटा कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ। अन्य १७ कम्पनीको शेयर मुल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। तीमध्ये अधिकांश जलविधुत् कम्पनीहरु छन्।

सोमबार सबैभन्दा बढी सेयर कित्ता कारोबार भएको कम्पनीमा नेसनल हाइड्रो पावर रहेको छ।

नेसनल हाइड्रो पावरको ३ लाख ८ हजार ७ सय ३० सेयर कित्ता खरिद विक्री भएको छ। यस्तै नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, युनाइटेड मोदी हाइड्रो पावर, अपी हाइड्रो पावर, महालक्ष्मी विकाश बैंक, अरुण भ्याली हाइड्रो पावरको पनि २ लाखभन्दा बढी सेयर कित्ता खरिद विक्री भएको नेप्स‍ेले जनाएको छ।

बैंकहरुले बढाएको ब्याजदर घटाएपछि त्यसको प्रभाव सेयर बजारमा परेको हो। यसअघि आइतबार नेप्से २७.५१ अंकले बढेको थियो।