December 2, 2021, Thursday
१६ मंसिर २०७८, बिहीबार

महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ ।

Advertisement

 महासङ्घका सचिव प्रकाश थापाका अनुसार प्रदेश नं १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।  यस्तै प्रदेश नं २ मा सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरू सुरेश यादव र शैलेन्द्र झा, वागमती प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल केन्द्रीय प्रतिनिधि तोकिएका छन् । 

गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल, लुम्विनी प्रदेशमा सचिव थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी केन्द्रीय प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हाल्नेछन् । कर्णाली प्रदेशमा सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर सिंह राठौर र पूर्णप्रसाद चम्लागाई, सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मीन वम र श्याम भट्ट तथा उपत्यका प्रदेशमा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइलीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । 

त्यस्तै, प्रतिष्ठान र एशोसिएट प्रदेशमा थापाकै नेतृत्वमा केन्द्रीय सदस्यहरू टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङलाई जिम्मा दिइएको छ ।