सिटिजन्स बैंकद्वारा खानेपानीलाई साढे ३ लाख सहयोग


बुटवल– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत शंकरनर खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा–२ योगिकुटीलाई ३ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
बैंकको शाखा कार्यालय, कालिकानगरले उक्त रकम प्रदान गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदीपकुमार श्रेष्ठले खानेपानीका अध्यक्ष झविन्द्र भण्डारीलाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् । संस्थाले निर्माण गर्न लागेको फूलवारीको लागि सहयोगस्वरुप रकम प्रदान गरिएको बैंकका कालिकानगर शाखा प्रमुख किरणकुमार केसीले जानकारी दिए ।
सो कार्यक्रममा बोल्दै बैंकका लुम्बिनी प्रदेश प्रमुख श्रेष्ठले बंैकले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत विभिन्न समयमा विभिन्न सामाजिक संघसंस्थाहरुलाई सहयोग गर्दै आएको बताए । बैंकका लुम्बिनी प्रदेशका एरिया ४ प्रमुख सञ्जय पुनले आगामी दिनमा पनि यस्तै प्रकृतिको सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत जनाए ।







प्रतिकृया दिनुहोस्