April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

शाइन रेसुङ्गाद्वारा आमा समूहलाई वित्तीय साक्षरता

बुटवल– शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड शंकरनगर शाखाको आयोजनामा तिलोत्तमा नगरपालिका–३ को आमा समूहलाई वित्तीय साक्षरता कार्यकम सम्पन्न भएको छ । तिलोत्तमा–३ को नमूना आमा समूहका महिलाहरुका लागि डिजिटल बैंकिङ र वित्तीय साक्षरता सम्बन्धी ८० जना भन्दा बढी महिलाहरुलाई प्रशिक्षण प्रदान गरिएको बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनालल जानाकारी दिइन् ।

साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल हेड नारायण न्यौपाने र अञ्जली केसीले आमा समूहलाई डिजिटल बैंकिङ प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाइदाहरुका बारेमा जानकारी दिएका शंकरनगर शाखाकी कर्जा प्रमुख किरण ज्ञवालीले जानकारी दिइन् ।

सूचना प्रबिधिको युगमा डिजिटल बैंकिङ र बित्तीय साक्षरता बारे विशेष गरी महिला दिदीबहिनीलाई पनि जानकारी गराउन आबश्यक रहेकाले कार्यक्रममा सहभागी भएको र तालिम फलदायी भएको आमा समूहकी अध्यक्ष भगवती फुल्लेलले जानकारी दिइन् । कार्यक्रममा क्वीज प्रतियोगिता गरी विजयीलाई उपहार प्रदान गरिएको थियो ।

Advertisement