July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

कामना सेवा बैंकको ८ वटा शाखा कार्यालयमा सार्वजनिक शौचालय

कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका ८ वटा शाखा कार्यालयहरूका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भएको छ ।  सोमबार बैंकले काठमाडौँ महानगरपालिकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । 

नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो ।
सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ । बैंकका  प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए । 

Advertisement