December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

सनराइज बैंकका ग्राहकलाई केएफसी र फिजा हटमा विशेष छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ। सोही क्रममा रेस्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देवयानी इन्टरनेसनल (नेपाल) प्रालिसँग सम्झौता गरेको छ।

ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रविन नेपाल र देवयानी इन्टरनेसनल प्रालिका नायब महाप्रबन्धक (वित्त विभाग) रितुराज शाहले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात बैंकका ग्राहकहरुले केएफसी र पिजा हटमा खाना र बेभरेजको खरिदमा सनराइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकहरुले केएफसी र पिजा हटको उपत्यकाभित्र र बाहिरका १७ वटा शाखाहरुमै छुटको लाभ लिन सक्नेछन्। बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियानअनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ।

Advertisement