December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

वार्षिकोत्सवको अवसर पारेर सनराइज बैंकको सहयोग

सनराइज बैंकले आफ्नो १४औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न संघ–संस्थालाई सहयोग गरेको छ ।

Advertisement

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई आर्थिक सहयोग गरे ।

बाल संगठनलाई आवश्यक खाद्य सामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष दसैँमा बालबालिकाको लागि नयाँ कपडा किन्नको लागि नगद एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।

यस्तै, बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा अमोर सेवा नेपाललाई नगद र खाद्य सामग्री वितरण गरिएको जनाइएको छ ।

बैंकको लुुम्बिनी प्रदेशबाट वीरेन्द्र मावि रुपन्देहीको दृष्टिविहीन संकायको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गरिएको जनाइएको छ ।