October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

एनएमबी बैंकले ल्यायो तीज अफर

एनएमबी बैंकले तीज लक्षित अफर ल्याएको छ। तीजको अवसरमा एनएमबीका ग्राहकहरूले क्युआर कोड, पोस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा तीन सय रुपैयाँसम्म क्यास ब्याकको पाउने अफर ल्याइएको हो।

तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खाँदै र नाँचगान गरेर रमाइलोसँग मनाइन्छ। तीजको बेला सार्वजनिक स्थानमा व्यक्ति व्यक्तिबीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले उक्त अफर ल्याइएको बैंकले जनाएको छ।

बैंकका अनुसार छुटसम्बन्धी थप जानकारी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।

बैंकले देशभरिका १८१ शाखाहरु, १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आएको छ।