March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लुम्बिनी बैंकको संस्थापक शेयर लिलामीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा खुला भएको छ । बैंकका एक स.स्थापकले शेयर बिक्री गर्न चाहेपछि पहिलो पटक संस्थापकहरुका लागि शेयर लिलामीमा खुला भएको हो ।

Advertisement

हाल कायम संस्थापक शेयरधनीहरुले लिलामीमा सहभागीता जनाउन सक्नेछन् । पहिलो चरणमा संस्थापकहरुले खरिद नगरेको वा पर्याप्त आवेदन नपरेको खण्डमा भने सर्वसाधारणहरुका लागि लिलामीमा खुला हुनेछ ।

Advertisement

बैंकका अनुसार ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर विक्री गरिदैछ । हाल कायम शेयरधनीहरुले आफूले हाल्न सक्ने मूल्य खुलाएर लिलामीमा सहभागी हुनुपर्नेछ । यसका लागि बैंकले ३५ दिनको समयसीमा तोकिदिएको छ ।

लिलामीमा सहभागी हुन चाहनेहहरुले बिहीबारदेखि ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ ।