October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

कपिलवस्तुको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले कपिलवस्तुको तौलिहवा–१ स्थित करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजस्व (कपिलवस्तु) कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका हुन्।

अब त्यस क्षेत्रका सेवाग्राहीले आन्तरिक राजस्व विभागसँग सम्बन्धित करको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलै गर्न सक्नेछन्।

सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १० एक्सटेन्सन काउन्टर स्थापित गरिसकेको छ। जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टर कर तथा राजस्व संकलन गर्न स्थापना गरिएको हो। बैंकले हालसम्म ९० अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे जनाएको छ।