‘ज्योति विकास बैंक बोन्ड २०७८’ ऋणपत्र निष्कासन खुला गरिने
ज्योति विकास बैंकले असार २० गतेदेखि एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्कासन खुला गर्ने भएको छ।
बैंकले शनिबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो। बैंकले निष्कासनको निमित्त एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।
९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिका लागि ऋणपत्र निष्कासन गरिएको हो।
१.५ अर्ब रुपैयाँको ऋणपत्रमध्ये सर्वसाधारण लगानीकर्ताका लागि ६० करोड रुपैयाँ र व्यक्तिगत/विभिन्न संघ–संस्थाका लागि ९० करोड निष्कासन तथा बिक्री खुला गरेको हो।
उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्तार रहेको छ। लगानीकर्ताले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ।
प्रतिकृया दिनुहोस्