January 23, 2025, Thursday
२०८१ माघ १०

एनआईसीको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ आवेदन दिन सकिने

एन आई सी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।

ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भिस डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन्।

Advertisement

ग्राहकहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाइनमार्फत यस प्रकारको सुविधा ल्याएको बैंकले जनाएको छ।

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप एनआईसी एसिया मोबैँकमार्फत आईसर्भिस भित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी ‘ डेभिड कार्ड रिपलेसमेन्ट’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ।

यसका लागि ग्राहकले ‘डेभिड कार्ड रिपलेसमेन्ट’ मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ। त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकले प्राप्त गरेकाे ओटीपी राखेर भेरिफिकेसन गर्नुपर्नेछ।

आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहकलाई जानकारी गराउनेछ।

यस अनलाइन सुविधाले ग्राहकहरूलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड–१९ महामारीको बेला भौतिक दूरी बनाइराख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म मुलुकभर ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरेको जनाएको छ।