June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान

Advertisement

भैरहवा–राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले उत्कृष्ट करदातालाई सम्मान गर्दै बिद्यमान कर प्रणालीका वारेमा बिचार बिमर्स कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा सोमवार उक्त कार्यक्रमको आयोजना गरि विजार्ड फ्रेग्रेन्स इण्डष्ट्रिज मायाँदेवी–८ लाई उत्कृष्ट कारदाताको रुपमा सम्मान गरिएको हो । आव २०८०।०८१ मा आयकरतर्फ उक्त इण्डष्ट्रिजले सवैभन्दा धेरै आयकर दाखिला गरेर आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रबाट उतकृष्ट करदाता घोषित भएको हो ।

कार्यक्रममा बोल्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले समाजको रुपान्तरणमा राज्यका निकायसँग स्थानीय उद्योगी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख राजस्व अधिकृत प्रेमराज पोखरेलले कुनैपनि करदातालाई धरपकड र दुःख दिने कार्य आन्तरिक राजश्व कार्यालय भैरहवाबाट नभएको दाबी गर्दै करदाताको सहयोग र सहकार्यले चालु आर्थिक वर्षमा सरकारले दिएको लक्ष्यभन्दा बढि कर असुल गर्न सफल भएको बताए । कर कार्यालयमा कुनैपनि खालको समस्या आएमा करदातालाई आँफुले सहजिकरण गर्ने गरेको उनले बताए । अव कर बुझाउदा राजस्व कार्यालयले क्यूआरबाट गर्न मिल्ने प्रणालीको विकास केहि महिनामा हुने उनले जनाए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले कर असुली गर्ने तर उद्योगी व्यवसायीलाई राज्यले दिनुपर्ने सुविधा नभएको बताए । राज्यले लिने कर प्रणाली व्यवसायीको स्वेच्छिक हुनुपर्ने र राज्यले लिने करबाट उद्योग व्यवसायी र त्यही देशका जनताका लागि स्वास्थ्य, शिक्षा र रोजगारमा क्षेत्रमा लगानी गर्ने प्रावधान हुनुपर्ने भनाइ उनको थियो ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष सचिन रोक्काले कर तिर्न सरकारले व्यवसायीलाई वातावरण तयार गर्न जरुरी रहेको बताए । राज्यलाई सहज रुपमा कर तिर्नका लागि करदातालाई उत्साहित गर्न राज्यले भुमिका खेल्नुपर्ने उनले बताए । सिद्धार्थ सञ्चालका अध्यक्ष अनिल कुमार ज्ञवालीले नेपालको कर प्रणालीमा अहिले पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

तिलोत्तम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, वरिष्ठ लेखापरिक्षक शिवहरी शर्मा, डिआर शर्मा लगायतले कर प्रणाली पारदर्शी र राजश्व प्रशासनमा कर छली हुन नदिने वारेमा सजग रहनु पर्ने बताएका थिए ।