भैरब ट्रेडिङको लक्कीड्रमा को–कोले जिते पुरस्कार ?


भैरहवा– श्री भैरव ट्रेडिङ, बैंकरोड, भैरहवाले दसैं, तिहार तथा छठ पर्वको अवसरमा संचालन गरेको लक्कीड्र सार्वजनिक गरेको छ । प्रतिष्ठानको परिसरमा आयोजित कार्यक्रममा लक्कीड्र सार्वजनिक गरिएको हो । पर्वका अवसरमा प्रतिष्ठानले ४ सय ६२ वटा मोबाइल विक्री गरेको थियो । मोबाइल खरिदकर्तालाई लक्कीड्रमा सहभागी गराउन कुपन प्रदान गरिएको थियो ।
ती कुपनका आधारमा सहभागी ४६२ जनामध्येबाट लक्कीड्र मार्फत् विजेता छनोट गरिएको हो । प्रतिष्ठानले सार्वजनिक गरेको लक्कीड्रमा तिलोत्तमाका निशान्त पुनले पहिलो पुरस्कार वापत १ टनको एसी जितेका छन् । यस्तै, सिद्धार्थनगर–९ का सुशील कुमार गौरले दोस्रो पुरस्कार स्वरुपमा फ्रिज हात पारेका छन् । यसैगरी, लुम्बिनीको झुलनीपुरको किरण मोबाइल रिपेरिङ सेन्टरले तेस्रो पुरस्कार ठूलो स्पीकर जित्न सफल भएको श्री भैरव ट्रेडिङका संचालक हरिष सेठियाले जानकारी दिए ।
उनले नाफा भन्दा बजारलाई चलायमान बनाउन आफूले लक्कीड्र संचालन गरेको जनाए । आफ्नो लामो व्यवसायिक जीवनमा यस्ता कार्यक्रम गरी बजारलाई सधैं गुल्जार राख्ने प्रयास गर्दै आएको सेठियाले जनाए । उनले आगामी वर्ष इलेक्ट्रिक स्कुटर पुरस्कार राख्ने घोषणा समेत गरे ।
यस्तै, लक्कीड्रमार्फत् १५ जनाले आकर्षक पुरस्कर हात पारेका छन् । ओमसतियाकी सारिका चौरसिया, भैरहवाका प्रविन जोशी, भैरहवाका एन्जल, भैरहवाकै सनम गुरुङ, ठुटिपिपलको आरआरआर मोबाइल रिपेरिङ, धकधईका कैलाश कोइरी, भैरहवाका पार्थुचन्द्री शाह, भैरहवाका सपना पौडेलले लक्कीड्रमार्फत् थर्मस पुरस्कार हात पारेका छन् ।
यसैगरी भैरहवाका निशा गुरुङ, नारायण आचार्य, सियारीकी रिमा पुन, भैरहवा हाटबजारको अरुण मोबाइल, भैरहवाको पदम वाच, सीता पौडेल र भैरहाकी सृष्टि बस्नेतले थर्मस पुरस्कार जित्न सफल भएका छन् ।
लक्कीड्र सार्वजनिक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक सुनिल सेठिया, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवाली, सिद्धार्थनगर–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठ, व्यवसायी विजय पाण्डे, नेपाल क्रिकेट संघका निवर्तमा कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, माधव शर्मा लगायतले निजी क्षेत्रको यस्तो प्रयासले भारतीय बजारमा खरिदारीका लागि जाने ग्राहकहरुलाई स्वदेशमै खरिद गर्न प्रेरित गर्ने जनाए । यस्तै, यस्ता कार्यक्रमले बजारलाई चलायमान बनाउने उनीहरुको भनाई छ ।








प्रतिकृया दिनुहोस्