July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

डेडिकेडेट फिडर र ट्रंकलाइन महशुल बिरुद्ध विद्युत कार्यालय अगाडि प्रदर्शन

Advertisement

भैरहवा–डेडिकेडेड फिडर र ट्रंकलाइन वापतको बक्यौंता महशुल अशुली बिरुद्ध रुपन्देहीका उद्योगी, व्यवसायी र मजदूरले बिहीबार एक घण्टा प्रदर्शन गरेका छन् । महशुल नतिरेको भन्दैं लाइन काटेको बिरोधमा उनीहरुले भैरहवास्थित बिहान ११ बजेदेखि १२ बजेसम्म बन्द उद्योगका व्यानर र प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

Advertisement

सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा बन्द उद्योगका कर्मचारी, मजदूर, विभिन्न उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघका सदस्य सहभागी थिए । बिहीबार झरी परेपनि उनीहरुले भैरहवास्थित विद्युत कार्यालयको गेटमा प्रदर्शनका क्रममा मजदूरले रोजगारी नखोस्न र ट्रकलाइन खपतकालागि माग गरेको प्रमाण देखाउन सरकार समक्ष माग गरेका थिए ।

‘कुलमान, कानुन सुन्, श्रीमानको सरकार उद्योगीलाई न्याय दे, सरकार ट्रक महशुलको प्रमाण दे’ जस्ता नारा लगाएका थिए । सरकारले नै उद्योगीलाई बदमास देखाउन खोजेको भन्दैं आक्रोश व्यक्त गरिएको थियो ।

सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा भएको प्रदर्शनमा तिलोत्तमा उद्यँेग वाणिज्य संघ, उद्योग वाणिज्य संघ बुटवल, रुपन्देही उद्यँेग संघ, विभिन्न श्रमिक संघ र जिफन्ट नेपालले एक्येवद्धता जनाएका छन् ।

रुपन्देहका डेढ दर्जन उद्योगीमा जानकारी बिनै डेडिकेडेड फिडर र ट्रंकलाइन जडान गरेर महशुल चुक्ता गर्न बाध्य तुल्याएको भन्दैं व्यवसायिक संघसंस्थाले आन्दोलनको निर्णय गरेको बताए ।
‘आगामी दिनमा पनि शान्तिपूर्ण रुपमा प्रदर्शनका कार्यक्रम जारी राखिने छ,’सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने, ‘कुलमान घिसिङ उर्जामन्त्री बन्नु पूर्वदेखि नै नेपालका उद्योगी व्यवसायीमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै आउनु भएको छ ।

हाम्रा उद्योगी व्यवसायीले उपयोग नै नगरेको विद्युतको बिल र प्रमाण बिना पैशा उठाएर हिरो हुन खोज्नु भएको छ । त्यस बिरुद्ध हामी संगठित छौं । आन्दोलन जारी राख्छौं ।’ प्रदर्शनमा सहभागी संघसंस्थाबीच समन्वय गरेर आगामी दिनका लागि प्रदर्शनका कार्यक्रम तय गरिने उनले जानकारी दिए ।