July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

बर्षाले धान बालीमा क्षती पुग्ने जोखिम, धान बाली नकाट्न बिज्ञको सुझाव

Advertisement

धान बाली भित्राउनमा व्यस्त रहेका किसान बर्षाले अबरोध पुरयाउन थालेपछि समस्यामा परेका छन् । बढि बर्षा भएमा धान बाली भित्राउन नपाएर खेतमैं सड्ने आशंकाले किसान चिन्तित छन् ।

Advertisement

पश्चिमी वायुको सक्रिय प्रभाव, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव का कारण बुधवारदेखि मुलुकका विभिन्न स्थानमा बदली भइ सामान्य बर्षा हुन थालेको छ । बिहीवार बर्षाको क्रम बढेको छ ।

तराइका अन्य जिल्ला सँगै रुपन्देहीमा पनि बर्षाले धान बालीमा असर पार्ने जोखम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

६० हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा धान बाली लगाइएको रुपन्देही जिल्लामा ६० प्रतिशत भन्दा धेरै बाँकी रहेको कृषि ज्ञान केन्द्र भैरहवाले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख भाष्कर पौडेलले धान भित्राउने बेलामा पानी परेकाले धान बालीमा केही न केही असर पार्ने बताए ।

‘रुपन्देहीको उत्तरी क्षेत्रमा करिव ७० प्रतिशत धान बाली भित्राएको भएपनि साना मोशिनको प्रयोग तथा हातले काटिने र खेतमैं सुकाउनु पर्ने भएकाले बर्षाले क्षती पुर्याउने जोखिम बढि छ’ पौडेलले पब्लिककुरासँग भने, ‘दक्षिणी क्षेत्रमा कम्बाइन हार्बेष्टरको प्रयोग गर्ने भएकाले पानी पर्दा कटानीको काम रोकिने भएकाले क्षतीको जोखिम कम हुन्छ ।’

यति बेला धान नकाट्न उनको सुझाव छ । उनका अनुसार, यति बेला धाचन काटेमा नसुकेर चिसोपनले धान कुहिने सम्भावना धेरै हुन्छ । रुपन्देहीमा धान बाली उत्पादन दर औसतमा प्रति हेक्टर ४ टन छ ।

मौसम विभाग अन्र्तगतकै बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन विभिन्न नदीहरूमा आकस्मिक बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही जिल्ला भई बग्ने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी हिमपात र कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखाएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । प्राधिकरणले अत्यन्त जरुरी नभएसम्म यात्रा नगर्नसमेत अनुरोध गरेको छ ।

प्रभावित हुन सक्ने नदी किनारका बासिन्दालाई पनि सतर्क रहन प्राधिकरणको सुझाव छ । त्यस्तै धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्राउन पनि प्राधिकरणको सुझाव छ ।